एक वर्ष भरि
पुरानो कमिज ले बेरिएर
माथि बुइकल मा मुस्किल ले स्वाश फेर्दै
बीड अनि वरिपरी कट्कटिएका
पोहोर सालका रगत का छिटा चाट्दै
फेरी एक पटक आलो रगत पिउने आश मा
पुलुक्क आँखा खोलेर हेर्दै छन् कैयौ कत्ती हरु .
पर टाट्ना मा
तन्की तन्की बकैना का डाठ चबाई रहेका उसका शीकार
एकातिर ,
धुलो लागेको क्यालकुलेटर
सन्दुक को छेउ बाट निस्केर चिटिक्क परेर
साउ ब्याज श्याज अनि प्याज सम्म
जोड्न र गुणन गर्न तयार छ
अनि
तल आँगन को
पन्ध्र ठाउँ टालेको जुवारी कोट
दाइने हात को कुइना सम्म निस्केको कालो रंग को जनै
दश ठाउँ टुप्पी निस्किएको घुर्मैलो टोपी
कान मा सिउरिएको आधा खाएको सुर्ती
झुस्स परेका दारी
काला दांत ,काला नङ र
रसीला आँखा सहीत जोडिएका हात
गनाउने पसीना ,गोबर ,तितेपाती र
बड्कॆउला कोतिखो गन्ध
स्वाद मानेर जिब्रो चाट्दै छ
क्यालकुलेटर
हुक्का तान्दै .
अर्को तिर
झिंगा सुलुत्तै चिप्लेर लड्ने गाडी
पछाडी फुसुसुसु फ़ुस्फ़ुसाउदै छ
सपिङ्ग मल का प्राइस ट्याग मा
रेबन भित्र का नीला आखा
नजर दौडाउदै छन्
हात मा आइसक्रिम बोकेर
हरेक क्यालेन्डर का पाना पल्टाई संगै
काफल पाको को गीत संगै
टाकी ले पालुवा फेरे संगै
एक पटक फेरी आउछ
दशैँ ,
र दोहोरी रहन्छन इ
कहिल्यै नसकीने घटना Anil Ghimire Phattepur Saptari
This is the property of the writer. No body can copy any things from here without permission is illigan.
पुरानो कमिज ले बेरिएर
माथि बुइकल मा मुस्किल ले स्वाश फेर्दै
बीड अनि वरिपरी कट्कटिएका
पोहोर सालका रगत का छिटा चाट्दै
फेरी एक पटक आलो रगत पिउने आश मा
पुलुक्क आँखा खोलेर हेर्दै छन् कैयौ कत्ती हरु .
पर टाट्ना मा
तन्की तन्की बकैना का डाठ चबाई रहेका उसका शीकार
एकातिर ,
धुलो लागेको क्यालकुलेटर
सन्दुक को छेउ बाट निस्केर चिटिक्क परेर
साउ ब्याज श्याज अनि प्याज सम्म
जोड्न र गुणन गर्न तयार छ
अनि
तल आँगन को
पन्ध्र ठाउँ टालेको जुवारी कोट
दाइने हात को कुइना सम्म निस्केको कालो रंग को जनै
दश ठाउँ टुप्पी निस्किएको घुर्मैलो टोपी
कान मा सिउरिएको आधा खाएको सुर्ती
झुस्स परेका दारी
काला दांत ,काला नङ र
रसीला आँखा सहीत जोडिएका हात
गनाउने पसीना ,गोबर ,तितेपाती र
बड्कॆउला कोतिखो गन्ध
स्वाद मानेर जिब्रो चाट्दै छ
क्यालकुलेटर
हुक्का तान्दै .
अर्को तिर
झिंगा सुलुत्तै चिप्लेर लड्ने गाडी
पछाडी फुसुसुसु फ़ुस्फ़ुसाउदै छ
सपिङ्ग मल का प्राइस ट्याग मा
रेबन भित्र का नीला आखा
नजर दौडाउदै छन्
हात मा आइसक्रिम बोकेर
हरेक क्यालेन्डर का पाना पल्टाई संगै
काफल पाको को गीत संगै
टाकी ले पालुवा फेरे संगै
एक पटक फेरी आउछ
दशैँ ,
र दोहोरी रहन्छन इ
कहिल्यै नसकीने घटना Anil Ghimire Phattepur Saptari
This is the property of the writer. No body can copy any things from here without permission is illigan.
No comments:
Post a Comment