Saturday, July 6, 2013
आकाश रोएको दिन
आज आकाश रोएको छ,
अनी धर्ती हाँसेको छ
यो सँसार यस्तै छ
कसैको आँशु,
कसैका लागी हाँसो बन्छ याहाँ ।
रुवाइ त मानिसको सुरुवात हो
धर्तीको दर्शन गर्नासाथ रुन्छ उ
सायद सुन्दरता देखेर
या त भोली देखेर।
आज धर्ती हासेको दिन
उ सँगै सबै खुशी छन्
तृप्त हुने गरी आकाशको आँशु
सबैले पिउन पाएका छन् ।
घामले बैश देखाउदा
दुलो भित्र पसेर लुक्ने खोल्सा खोल्सी
आज
छाती फुकाएर बैश देखाउदै छन्
बेगीदै छन् दक्षीण तीर
बँगालको खाडिको न्यूमूर लाइ उचाइ दिन ।
हे उत्तर तर्फ की त्रीयुगा मैया,
आज त तीमी पनी उन्मत्त छौ बैशले
धेरै उन्मत्त नहोउ अनि नहोउ अन्धी बैशले,
बाटो नबिराउ खुशीले
तिमिले बाटो बिरायौ भने
तिम्रो त इज्जत जाने छ
तर यहाँ हाम्रो ज्यान जान के बेर
बुझ ज्यान भन्दा इज्जत ठुलो हो
इज्जत गए हजारौ पटक मर्नु पर्छ
तसर्थ जोगाउ है आफ्नो इज्जत।।।।।। ©अनिल
घिमिरे २०७०।०३।२२ फत्तेपुर सप्तरी नेपाल ।
Friday, July 5, 2013
थाहा छ? युग परिबर्तन हुदैछ।
थाहा छ?
युग परिबर्तन हुदैछ।
प्रकृती को पनी अनी
समाज निर्मीत नियम पनी
परिबर्तन हुदैछ ।
गुराँसको रातो फूल फिका हुदै छ
अब त बाँसमा फूल फूल्न थालेको छ
सायद अब फल लाग्न नी के बेर
थाहा छ?
युग परिबर्तन हुदैछ।
हामी कता जाँदैछौँ ?
पुर्खा ले बनाएका नियम मिचेर
परिबर्तन को नाममा
समाज ध्वस्त पार्दै छौ
थाहा छ?
युग परिबर्तन हुदैछ।
सगरमाथा पेन्सन पकाएर
फर्कदै छ आफ्नो घर टेथीस सागरमा
डाइनोसरका बचेका डियनए
मुस्कुराउदै छन् पृथ्वीको गर्वमा
थाहा छ?
युग परिबर्तन हुदैछ।
पृथ्वीले आफ्ना माकुरे बच्चाको
पेट भर्न नसक्ने भएको छ
उसलाइ अर्बुद रोग लागेको छ
महत्वपूर्ण अङ्गमा
सायद अब उ कीमो थेरापी गर्न
जाँदै छ अन्तरीक्षमा
थाहा छ?
युग परिबर्तन हुदैछ।
हरेक युगमा
नाम बदलेर भुभार हर्न आउने
भगवान पनी साउद अब थाके क्यार
अब कोही आउने वाला छैन
थाहा छ?
युग परिबर्तन हुदैछ।
अब चाँडै नै
सुन्तलाको रुखमा आँप फल्नेछ
अनी आगो चिसो र पानी तातो हुनेछ
चील अनी गीद्धको राज हुनेछ
थाहा छ?
युग परिबर्तन हुदैछ। ©अनिल
घिमिरे २०७०।०३।२१ फत्तेपुर सप्तरी नेपाल ।
Monday, July 1, 2013
आजको समाज
नराम्रा सपना हरु देख्दै छु आजकल
म उभिएको भुई तल तल भासीन्छ ,
माथि को पहाड गर्ल्याम्म गुर्लुम्म लड्छ
सेता परेवा का जोडी हरु चील बाट मारिन्छन ,
एक दिउसै घाम डुब्न थाल्छन ,
अनि श्याल का बथान हुइया मचाउन थाल्छन ,
पर क्षीतिज मा कतै दुर देश मा
आगो लागे जस्तै रातो रंग बढ्दै जान्छ ,
मेरो आधार ,मैले टेकेको भुइँ तल तल
भासिदै जादा मा सहयोग को याचना गर्छु ,
तर सबै मान्छे हरु मलाई हेर्दै हास्दै अगाडी जान्छन ,
म निरिह अनि सहयोग बिहिन भएर
तल तल अँध्यारो गहिराई मा जान्छु ,,,,
मेरो तन थाके पनि मलाई मेरो
अन्तर हृदय ले मलाई हार नमान्न उत्प्रेरित गर्छ
र म बल गरेर माथि आउछु
र म ति मान्छे भन्दा अगाडी पुग्छु
तब तिनिहरु म संग सहयोग माग्छन्
र मलाई सफल भयो भन्छन ,,मेरो तारिफ गर्छन ,,,
र म झल्यास्स बिउझिन्छु
पर पर भाले कुखुरी काँ काँ काँ.... गर्दै हुन्छ ,,,,,,,
म उभिएको भुई तल तल भासीन्छ ,
माथि को पहाड गर्ल्याम्म गुर्लुम्म लड्छ
सेता परेवा का जोडी हरु चील बाट मारिन्छन ,
एक दिउसै घाम डुब्न थाल्छन ,
अनि श्याल का बथान हुइया मचाउन थाल्छन ,
पर क्षीतिज मा कतै दुर देश मा
आगो लागे जस्तै रातो रंग बढ्दै जान्छ ,
मेरो आधार ,मैले टेकेको भुइँ तल तल
भासिदै जादा मा सहयोग को याचना गर्छु ,
तर सबै मान्छे हरु मलाई हेर्दै हास्दै अगाडी जान्छन ,
म निरिह अनि सहयोग बिहिन भएर
तल तल अँध्यारो गहिराई मा जान्छु ,,,,
मेरो तन थाके पनि मलाई मेरो
अन्तर हृदय ले मलाई हार नमान्न उत्प्रेरित गर्छ
र म बल गरेर माथि आउछु
र म ति मान्छे भन्दा अगाडी पुग्छु
तब तिनिहरु म संग सहयोग माग्छन्
र मलाई सफल भयो भन्छन ,,मेरो तारिफ गर्छन ,,,
र म झल्यास्स बिउझिन्छु
पर पर भाले कुखुरी काँ काँ काँ.... गर्दै हुन्छ ,,,,,,,
,आउ दाजुभाइ फर्केर आउ।
आउ दाजुभाइ फर्केर
भरुभूमीमा बालुवा नजोत यहाँ पानी पर्न थाल्यो
असार लाग्यो बाँझो भएको बिरौटो जोत्न आउ।।।
कुनामा कतै परेर धुलै धुलो भएका
नौमती बाजा पुछपाछ परेर बेठी लगाउन आउ।।
आउ दाइ भाइ तीमी फर्कैर आउ।
दुख नमान अब ती कोइराला साल्लाइ ले पानी मार्नै छैनन्
म दीनभर अनी रात भर कोदालो बोकेर
सीमालीको लठ्ठी टेक्दै
पानी रुग्न जाउला।।
आउ तीमी फर्केर आउ।।
दाँदे मा चडेर तारे अनी लाले गोरुको पुच्छर निमोठ्दै
हुर्रर्र् भन्दै खले गरो साउला
आउ तीमी बालूवा जोत्न छोडेर आउ
मध्यान्न को घाममा बारी बाट भर्खर टीपेर ल्याएको
कलीलो हरीयो काँक्रो को चीरा
नुन खोर्सानीमा चोबेर खाउला
आउ तीमी फर्केर आउ
तीमीले कहा बिर्सेका होलाउ र
तल्लो गरामा ब्याडमा बिउ उखेल्दै गरेकी भाउजु लाइ
माथ्लो गरामा बाउसे गर्दै गरेका दाइले
जिस्क्याएर हीलो छ्यापेर भिजाएको
अनि भाउजु ले आँखा तरेको
हो त्यहि रमाइलो हेर्न आउ
आउ तीमी यो असारमा
धर्ती मा सून फलाउन आउ।।
मरुभूमीमा बालुवा जोत्न छोडेर आउ
जन्म भूमी सम्झेर आउ।।।। अनिल घिमिरे २०७०।०३।०४ सप्तरी कन्चनपुर
भरुभूमीमा बालुवा नजोत यहाँ पानी पर्न थाल्यो
असार लाग्यो बाँझो भएको बिरौटो जोत्न आउ।।।
कुनामा कतै परेर धुलै धुलो भएका
नौमती बाजा पुछपाछ परेर बेठी लगाउन आउ।।
आउ दाइ भाइ तीमी फर्कैर आउ।
दुख नमान अब ती कोइराला साल्लाइ ले पानी मार्नै छैनन्
म दीनभर अनी रात भर कोदालो बोकेर
सीमालीको लठ्ठी टेक्दै
पानी रुग्न जाउला।।
आउ तीमी फर्केर आउ।।
दाँदे मा चडेर तारे अनी लाले गोरुको पुच्छर निमोठ्दै
हुर्रर्र् भन्दै खले गरो साउला
आउ तीमी बालूवा जोत्न छोडेर आउ
मध्यान्न को घाममा बारी बाट भर्खर टीपेर ल्याएको
कलीलो हरीयो काँक्रो को चीरा
नुन खोर्सानीमा चोबेर खाउला
आउ तीमी फर्केर आउ
तीमीले कहा बिर्सेका होलाउ र
तल्लो गरामा ब्याडमा बिउ उखेल्दै गरेकी भाउजु लाइ
माथ्लो गरामा बाउसे गर्दै गरेका दाइले
जिस्क्याएर हीलो छ्यापेर भिजाएको
अनि भाउजु ले आँखा तरेको
हो त्यहि रमाइलो हेर्न आउ
आउ तीमी यो असारमा
धर्ती मा सून फलाउन आउ।।
मरुभूमीमा बालुवा जोत्न छोडेर आउ
जन्म भूमी सम्झेर आउ।।।। अनिल घिमिरे २०७०।०३।०४ सप्तरी कन्चनपुर
Subscribe to:
Posts (Atom)

