https://nepaltouch.com/news/754/06/2020 स्वसांक रिडेम्सन अंग्रेजी फिल्म पहिलो पटक मैले कहां हेरें मलाइ हेक्का रहेन । तर पनि जति पटक हेरे पनि मलाइ ति हरेक पात्र तथा घटना उतिनै जिबन्त लाग्छन् । अनि प्रत्येक पटक म मेरो जिबनको फ्राङ्क डाराबोन्ट लाइ खोज्दछु जसले मेरो जिबन लाइ पनि नाटकिय रुपमा निर्देशित गरिरहेको छ ।
सन्सार भरीको सबै भन्दा सुरक्षीत तथा कडा अनुशाशन भएको जेल मा एन्डी डुफ्रेन्स सँगै म पनि संगै छु, तर म निर्दोश छु उ जस्तै । किनकि म पनि एक बैकर हुँ । स्वसांक जेल जहां खुँखार अपराधी हरु लाइ तह लगाएर राखिन्छ । मलाइ पनि आफ्नी श्रीमती को हत्याको आरोप लागेको छ एन्डी लाइ जस्तै ।
मलाइ याद छ दोशी ठहर्याएपछी पहिलो पटक जेलको चार पर्खाल भित्र पसेको । अरु कैदी ले आज राती एन्डी संगै म पनि रुन्छ कि रुंदैन भनेर बाजी राखेका थिए तर ति हारेका थिए ,किनकि एन्डी झै म पनि चुपचाप जेलको सन्नाटा लाइ आत्मसाथ गरेर आवाज बिहिन भएर बसेको थिएं।
म कसरी एन्डी को पदचाप पछ्याउंदै त्यहां पुगें मलाइ हेक्का छैन । सायद म एक समय यात्री हुं । म जन्मेको ठ्याक्कै सात बर्ष पछाडी यी सबै घटना क्रम भएका हुन् । कुनै बेला सोच्छु सायद म नजन्मेको भए निर्दोश एन्डी जेल पर्ने थिएन । यो सब को पछाडी म नै पो मुख्य योजनाकार हैन । सात बर्षको उमेरमै चितबनको जंगल मा मेरो भेट फ्राङ्क डाराबोन्ट संग भएको त हैन ? जसले यस्तो जिबन्त फिल्म बनाए । कि म जन्मनु भन्दा पाच बर्ष अगाडी स्टेफेन किंग संग मेरो भेट इलामको चियाबारीमा भएको थियो ? जसले एक उपन्यासको रुपमा यी सबै घटनाक्रम लाइ लिपिबद्ध गरे । म अचम्मित हुन्छु ।
एन्डी लाइ जन्म कैद भएको छ मलाइ जस्तै । मेरा सपना हरु अब के होलान् ? के मैले जिन्दगीको अन्तिम श्वास यहि जेल भित्र फेर्नु पर्ने ? मेरो मन उकुस मुकुस भएर आउंछ । मन मा सोच्छु के म एउटा सानो हथौडा ले सुरुङ खनेर भाग्न सकुंला र ? म सोच्छु पक्कै पनि म यो सन्नाटा बाट टाडा खुला आकास मुनी हात फैलाएर आकास बाट बर्सिएका पानीका थोपा को मज्जा लिनै पर्छ । म अबसर खोज्छु ।
रेड एक अफ्रिकन अमेरिकन बुडो जो धेरै बर्ष सम्म जेलमा बिताएको छ । उसले गन्न समेत छाडीसक्यो कति बर्ष जेल मा बसियो भनेर । उ जेल बाहिर बाट भित्र चुरोट लगायत अन्य सामान लुकिछिपी भित्राउने गर्दछ । पहिलो भेटमा नै उसले मलाइ अनि एन्डी लाइ आफ्नो ठानि सकेको थियो ,यो कुरा मलाइ थाहा थियो किनकि म एक समय यात्री जो हुं । तर यो कुरा बुझ्न एन्डी लाइ निकै समय लाग्यो । एक दिन मैले उसलाइ मलाइ एक सानो हथौडा चाहिएको कुरा गरें । उ हांस्यो र भन्यो के सानो हथौडा ले यति जटिल जेल का पर्खाल तोड्न सक्छस र ? सायद यहि माग एन्डी ले पनि गरिसकेको रहेछ । बुडो लाइब्रेरियन को हात मार्फत मैले मेरो हतियार प्राप्त गरें । म ग्राउन्ड मा छरिएका ढुंगा का टुक्रा हरु संकलन गर्थें र ति टुक्रा हरु लाइ चेस का गोटी को आकार दिन्थें । हतियार उहि सानो हथौडा थियो । ति छरिएका ढुंगा टिप्न मेरो र एन्डी का बिच हानाथाप नै हुन्थ्यो किनकि उ पनि मेरो झैं सोख राख्दथ्यो ।
कडा वार्डेन सामुअल नोर्टन ले एन्डी लाइ झै मलाइ पनि एउटा बाइबल को किताब दिएको थियो । वार्डेन लाइ मन पर्ने केही कुरा हरु थिए जस मध्धे बाइबल पढ्नु पनि एक थियो । अब मलाइ धर्म सकट पर्यो । म हिन्दु गीता पढ्ने मान्छे यो बाइबल कसरी पढ्ने ? म बाइबल लाइ टेबलमा राखेर उही रेड मार्फत पाएको गीताको किताब पढ्न थाल्छु । एन्डी ले आफुलाइ मन पर्ने हिरोइनको पोस्टर आफ्नो कोठामा टांस्यो मैले पनि अनेक जोहो गरेर काजोल अग्रवाल को पोस्टर मगाएर टांसें । मेरा कतिपय हर्कत ले गर्दा मलाइ एन्डी संगै काल कोठरी मा महिनौ बस्नु परेको थियो । काल कोठरीका हरेक दिन एक युग भन्दा पनि लामा हुन्थे ।
एन्डी डुफ्रेन्स को ज्ञान असिमित थियो । म उसको असिमित ज्ञान को प्रयोग गरी उसलाइ जेलमा आफ्नो स्थान बनाउन जोड दिन्थें । यहि क्रममा आयकर मिलाउने कसरी छुट पाउने र कर फिर्ता कसरी लिने भन्ने बारेमा उसको ज्ञान लाइ प्रचारीत गरिदिएं । यस घटना ले गर्दा एन्डी कडा जेल वार्डेन को लेखापाल झै भयो र उसले कमाएका गैह्र कानुनी धन लाइ एक नक्कली ब्यक्तीको नाममा खाता खोलि जम्मा गर्न सुरु गर्यो । सायद यहि मेरो काम होला जसको लागी म समय यात्रा गरी यहां आएको छु ।
एन्डी को श्रीमती जो अर्कै केटा लाइ ब्वाइ फ्रेन्ड बनाएर रोमान्स गर्न पल्केकी हुन्छे । म बिचार गर्छु उसले किन त्यसो गरी । के एन्डी उसका सारिरिक आबस्यकता पुरा गर्न सक्षम थिएन र ? आर्थिक आबस्यकता त पक्कै पनि पुरा गरेकै थियो होला किनकि उ सानै उमेरमा एक सफल बैकर बनि सकेको थियो । म आफुलाइ सम्झें मेरो र उसको परिस्थिति ठ्याक्कै उस्तै छ । परपुरुस संग सल्केकी श्रीमती देखी हार खाएर एन्डी एक दिन पिडा भुलाउन टिल्ल हुने गरी रक्सी पिउंछ र पिस्तोल को गोली लोड गर्छ । अल्ली पर उसकी श्रीमती परपुरुस संग रासलिला गरि रहेकी हुन्छीन । एक्कासी गोली चल्छ । ति दुइ प्रेमि जोडी निशब्द भएर भुइं मा ढल्छन् । अनि सिधा आरोप एन्डी लाइ लाग्छ ।अनि उ आरोप प्रमाणीत भएर जेलमा आइपुग्छ । म सोच्छु के सांचै एन्डी हत्यारा हो त । मेरो समय यात्रा रोकिन्छ । म बास्तबिकता थाहा पाउंदिन । या थाहा पाउन आबस्यक पनि ठान्दिन । जे हुनु भइ सकेकै थियो ।
एकदिन एउटा युवा जेलमा आउंछ चोरी को इल्जाम लागेर । गफै गफमा उसले भन्छ उसले एक जना संग भेट गरेको थियो जसले एक बैकर को श्रीमती र उसको ब्वाइफ्रेन्ड लाइ गोली हानेर मारेको । उसले हांस्दै भनेको थियो बिचरा त्यो बैकर श्रीमतीको हत्या को आरोपमा जेलमा छ रे । जब एन्डी ले यो कुरा थाहा पाउंछ तब झिनो आस लिएर आफुलाइ बचाउन वार्डेन संग बिन्ति गर्छ । तर वार्डेन को नक्कली खाता अनि दुइ नम्बरी धन को ब्यबस्थापन गर्ने एन्डी लाइ जेल बाहिर पठाउन चाहंदैन । एक दिन वार्डेन ले निर्दोश युवा टमी लाइ मारिदिन्छ ।
जिबनभर जेल मा बसेर जबानी खेर फालेको बुढो ब्रुक्स जो जेलमा पुस्तकालय को जिम्मा लिएर बसेको छ उसलाइ देख्दा मलाइ टिठ लागेर आउंछ । बेला बेला म पनि थोत्रो पुस्तकालयमा जान्छु र उसलाइ सघाउंछु । मलाइ लाग्छ अब यो बुढो भयो यो काम एन्डी ले ज्यादा सहि तरिका ले गर्न सक्दछ । म एन्डी लाइ फकाउना थाल्दछु । बुढो ब्रुक्स को जेल जिबन सकियो तर उ जेल बाट बाहिर जान चाहंदैन । किन होला । म उसको मनस्थिती बुझ्दछु । पचास बर्ष यहि जेल उसका लागी संसार भयो । सायद उ जेल पर्दा को बाहिरी संसार आज अर्कै भै सक्यो । उसलाइ आजका प्रबिधि प्रयोग गर्न आउंदैन । उ काम गर्न सक्दैन किनकि उ ज्यादै बुढो भइ सकेको छ । जेलको मेसमा भात संगै खुम्ले किरा पनि पाक्दथ्यौ । सबै का भागका किरा मागेर उ काग लाइ खुवाउंदथ्यो । उ बाहिर निस्क्यो भने उसले पालेको काग लाइ कसले खाना देला ? म सोचमग्न हुन्छु । जे होस् ब्रुक्स जिबन भरको जेल जिबन भोगेर शक्तिहिन भएर एक्लै बाहिर निस्कन्छ र सरकार ले दिएको एक कोठाको घरमा बस्न थाल्छ । उ बाहिरको परिस्थिति को सामना गर्न सक्दैन । र एक दिन भित्तामा ब्रुक्स यहां थियो भन्ने लेखेर पंखामा झुन्डिन्छ । म दौडदै जान्छु उसलाइ बचाउन तर मलाइ फ्राङ्क डाराबोन्ट ले च्याप्प समात्छ र भन्छ तं समय यात्री होस् । तं रमिता मात्र हेर बिगतमा गएर कुनै घटना लाइ नबिगार । उसलाइ शान्ती संग मर्न दे । म चुप लाग्छु र बुढो को मृत शरिर लाइ हेरी राख्छु ।
एन्डी ले दिलोज्यान दिएर पुस्तकालय लाइ आकर्षक बनाउंछ । म रोमान्चित हुन्छु । र आफै संग कुरा गर्छु एन्डी अब तेरा दुख का दिन गए । हेर्दा हेर्दै त्यो दिन आउंछ । बाहिर आकास मा बादल गर्जिरहेको छ । पानी एक तमास ले परि रहेको छ । एन्डी वार्डेन को लेखापाली काम सकाएर टिलिक्क टल्कने जुत्ता लगाएर आफ्नो रुममा आउंछ । म देख्छु उसले हिसाब किताब राखेको डायरी आफु संगै लिएको र बाइबल को किताब वार्डेन को भल्टमा राखेको । एक्कासी रेड लाइ सम्झन्छु । यति सानो हथौडाले जेल तोड्न सक्छस् तैले भनेको । तर एन्डी ले गरेर देखाउंछ । मनपसन्द हिरोइनको पोस्टर पछाडी बाट उसले पर्खाल छेडेर भ्वांग पारी सकेको छ जसरी मैले काजोल अग्रवाल को पोस्टर पछाडी बाट भ्वांग पारेको थिएं । एन्डी लाइ यो आइडिया मैले नै दिएको थिए जेल को लन्ड्री को काम गर्दा । हामि दुबै बाहिर निस्कियौ । म संग हातमा उहि गीताको किताब थियो तर एन्डी संग लाखौ डलर सहितको कागजात । अब उ एन्डी थिएन अर्कै नाम र पहिचान सहितको एक सरिफ ब्यक्ति थियो । पर्खाल बाहिर को ढल को पाइप उसले र मैले पालो पालो गर्दै ढुंगा ले फुटायौ यो काममा आवाज दबाउने काम बादले गरिदियो गड्यांग गुडुग गरेर । हामी दुबै जना ढलको पाइप अनि त्यो गन्ध पचाउंदै लामो यात्रा गरी अन्त्यमा एक नदी मा पुग्छौं ।
भोलि पल्ट एन्डी नक्कली खाता भएको बैक मा पुगेको हुन्छ । उ संग सबै कागजात छंदैछ । सबै पैसा निकाल्छ र जेलरका कर्तुत का बिबरण मिडियामा प्रकासित गर्न कुरियर गरिदिन्छ । अनि उ लाग्छ उसको सपनाको यात्रा मा अनि सपनाको शहरमा । जाने बेलामा उसले मलाइ भन्यो साथी तिमिले मलाइ हरेक समय साथ दियौ अब एउटा काम गरिदेउ । त्यो बुढो रेड जेल बाट निस्के पछि मलाइ भेट्न जानु रे भनेर ।
एन्डी हिड्यो । म एक्लै भएं । उसले अह्राएको काम मैले गर्नै छ । म प्रहरी को आंखा छलि सहर वरीपरी भौतारीन थालें । केही समय पस्चात जेलरका कर्तुत बाहिर आए । जेलर लाइ पकड्न प्रहरी हरु जेलमा पुगे । जेलर सहन नसकी आफै पिस्तोल ले मुखमा गोली हानी आत्महत्या गर्छ । म सम्झन्छु गलत काम गरेर जती शक्ती प्रदर्सन गरे पनि सत्य बाहिर आए पछि झुटको साम्राज्य एक सेकेन्ड मा नै ढल्ने रैछ ।
रेड जेल मुक्त भयो । म खुसी हुन्छु । उसलाइ पनि ब्रुक्स लाइ झै बाहिरी दुनिया टिढ लाग्दो लाग्छ । रेड लाइ सरकार ले दिएको एक कोठे घर मा ब्रुक्स पहिला नै बसिसकेको हुन्छ । रेड ले भिता मा लेखेको देख्छ ब्रुक्स वाज हियर । रेड मुस्काउंछ । अनि उ पनि लेख्न थाल्छ सो वाज रेड । मलाइ छटपटी हुन्छ कतै रेड पनि ब्रुक्स झै आत्महत्या गर्ने मुडमा त छैन । अलि पर बसेको फ्राङ्क डाराबोन्ट गम्भिर छ । रेड डोरी लिएर कुर्षी माथी चढ्छ । म दौडदै जान्छु र उसको कानमा के के भन्छु । उ मुसुक्क मुस्काउंछ र डोरी फ्यांकेर बाहिर दगुर्छ । म उसको पछि पछि जान्छु ।
सहर भन्दा केही पर को चौरी अनि बिचमा एउटा अजंगको रुख । रुख वरीपरी काला ढुंगा को पर्खाल । केही ढुंगा पन्छाउंछ । एउटा टिनको बाक्सा भेट्छ । म चिहाउंछु । अरे यो त हामी स्कुल पढ्दा बोक्ने ज्यामित बाकस जस्तै पो छ त । उ बिस्तारै बाकस खोल्छ र मुस्काउंछ । बाकसमा केही डलर र एन्डी बस्ने ठाउंको ठेगाना हुन्छ । मलाइ खुसी लाग्छ संगै दुख पनि । खुसी यो अर्थमा कि दुइ मित्रको भेट हुंदैछ अनि दुख यो अर्थमा कि अब म कहां जाने । यसरी यो कहानी को सुखद अन्त्य संगै फ्राङ्क डाराबोन्ट एकातिर लाग्छ । म पनि समय यात्रा बाट फर्केर आफ्नै दुनियांमा आइ पुग्छु ।
अब आजको कुरा गरौ । के हामी स्वसांक जेल भित्र का कैदी झै निसासिएर थुनिएका छैनौ ? पक्कै पनि हामी निर्दोश एन्डी झै जेल भित्र थुनिएका छौ जहां हामी लाइ पशु झै ब्यबहार गरिन्छ । हाम्रा जेल का वार्डेन हरु सामुअल नोर्टन भन्दा कम होलान् र ? सानो हथौडा संगै हंसिया समेत लिएर जेलको पर्खाल तोड्ने हरु नै आज जेलर भएका छन् अनि जेल को पर्खाल अझ बलियो बनाइरहेका छन् । हामि निर्दोश एन्डी झै बिना गल्ती जेलमा कोचिएका छौं । निर्दोश एन्डी लाइ फ्राङ्क डाराबोन्ट ले आज भन्दा छब्बिस बर्ष अगाडी कडा जेल बाट बाहिर निकाले अब निर्दोश हामी लाइ जेल बाट बाहिर निकाल्ने डाराबोन्ट कहां होलान् ? जौ साथी हरु हामी सबै उनलाइ खोज्न ।
This is the property of the writer. No body can copy any things from here without permission is Gilligan.
No comments:
Post a Comment