Saturday, August 10, 2013

काठमान्डु

काठमान्डु

गजधुम्म  अनि चुपचाप
सल्लाको हाँगामा बसेर
तल आँगनको बिरालो लाइ हेर्नै
हुचिल झै,
पालीको खरको छानामा
जाली बुनेर
कुनामा दाउ हेरेर बसेको
कालो माकुरा झैं,
गतीलो एक्बुस थापेर
शिकार गर्न तल्लीन छ
काठमान्डु ।

चारतिर पर्खालमा
जाल टाँगेर
मलाहा लाइ उक्साउदै
निरीह प्राणीको
प्राण हरण गर्न तल्लीन छ काठमान्डु ।

लमतन्न सुतेका काला सडकमा
पसिना गनाउनेका आँशु पिइ
टाइसुट,पोलोराइड सन ग्लास र
अँगुरको रसमा मस्त छ काठमान्डु।

थाहा छ
सबैलाइ थाहा छ
इतिहाँस साक्षी छ
कसले
किन अनि
कहिले बनायो
काठमान्डु लाइ काठमान्डु,
बुझ पचाइ आदेश दिन
तल्लीन छ काठमान्डु ।

कोशी रुँदा
हाँस्छ काठमान्डु
काली बौलाउदा
रमाउछ काठमान्डु
तराइ बल्दा
आगो ताप्छ कठमान्डु
हिमाल कक्रिदा
घाम ताप्छ काठमान्डु
अझ भन्छ
हेर म काठमान्डु
शक्ती सम्पन्न काठमान्डु ।

सायद नसामा मस्त भएर
जितको उन्मादमा मातेर
इतिहाँस बिर्स्यौ होला
काठमान्डु,
बुझ्दै गर
दुर दराजका अपठीत हरुले
सारी अनी सुरुवालका तुनामा
गाँठो पार्दै हिसाब राख्दै छन्
समय आए पछी
एक एक हिसाब हुनेछ
तब एक खाल्डो मात्र हुनेछ
बिस्फोट हुनेछ काठमान्डु ।   ©Anil Ghimire 2070 shrwan 26 saptari

This is the property of the writer. No body can copy any things from here without permission is Gilligan.

Wednesday, August 7, 2013

साँइलो

 साँइलो
कहिले यता फर्कन्छ कहिले उता
रातको १ बजी सक्यो
आँखा काँचै छन् अझै
यसो भित्ता तिर फर्कन्छ
एउटी नव दुलही
मस्त छिन निद्रामा
जुरुक्क उठ्छ
पानी घट घट पिउँछ
सुत्न खोज्छ
फेरी पनी उस्तै
आँखा अगाडी झलझली आउँछन्
सात दिन अगाडी
सुट बुटमा सजिएर
बाजा बजाउदै
पल्लो गाउकी मायालुलाइ
घर भित्राएको
अनी आफ्नो पासपोर्टमा
उर्दु अक्षरमा
कुन्नी के लेखेर
लागेको छाप
बिहानै भोली
भाले लाइ जितेर
बाइरोडको बाटो नाप्दै
जानुछ ठुलो जाहाज चढेर
हिसाब गर्छ
एक बराबर तिस कसो नहोला
अनि मख्ख पर्छ भित्र भित्र ।

आज ६ महिना लाग्यो
साइली एक्लै सुतेको
खै कुन्नी त्यो परेवा लाइ के भयो
एक पटक पनी आएको छैन
खबर लीएर
उ आँखा चिम्लन्छे
टाउको तल घुँडामा राखेर
टुक्रुक्क बस्छे
एक थोपा आँशु
नाको टुप्पो बाट तल खस्छ माटोमा
अइया
एक्कासी कराउछे
कस्तो रैछ यो औठी पनी
कती सारो घोच्यो
साँझ पर्छ
पारी पाखामा
हाप्सीलो कराउछ एक तमास ले
अनी पर्तीर खोल्सामा
ब्वासो पनी
दुबै हात पेटमाथि राखेर
उम्रदै गरेको नाजुक बिरुवा जोगाउछे
तन्द्रामा  पर्छे
बिस्तारै कानमा कसैले फुसफुसाउछ
आमा म मेरो पासपोर्टमा
कस्तो सही गरौ?
नेपाली मा की अँग्रेजीमा?
झल्यास बिउझन्छे आतीदै
हात फ्याक्दा भित्तामा ठोकीएर
उसका राता चुरा फुट्छन्
झर्यामझुरुम्म...
This is the property of the writer mr Anil Ghimire.No body can copy any things from here without permission is Gilligan.