Sunday, July 28, 2013

मेरो जिवन















दिमाग चकराउछ घुम्छ फनफनी
नदीमा परेको भुमरी झै
पुराना याद हरु
आँखाको हरेक झिम्काइ सँगै
जागी उठ्छन् जुरुक्क
बिच्कीएका मौरी झै
अनि टोक्कछन् चिच्याउने गरी ।

सपना हरु हुर्कदै छन्
उम्रदै छन् चाहनाका नव पालुवा
बसन्तका टाँकीका मुन्टा सरी
अनी थपिदै छन् यी काँध मा
परीस्थिती का बोझ हरु ।

तोते बोलीको
क कलम ख खलायो
लुकामारी खेलाइ
सल्लाको सुसाइ
हुचिलको हुहु हुहु
हाथी छाप चप्पल
पाँच रुपीयाको भुजिया
थैली जस्तो मुख भएको झोला
एक जोर परेवाका बच्चा
दुइ पाथी फलेको कोदो
खुट्टामा बिझेको नागपीनीको काँडा
त्यो अटो रिभर्स वाकमेन
हातमा पिलपिले घडी
त्यो बिरामी काले कुकुर
अनि त्यो जेब्रा झोला हातमा लिए सँगै
बितेछन ती रमाइला बाल बय ।

मानव सागरको भीडमा तैरीदै
अभाबका परिस्थिती लाइ रफ्फु गर्दै
युवा बयका कुनै स्वप्नील
कुनै रँगीन
कुनै छील्लीएका
भीत्री चाहना लाइ
वरी परी सिलाएका
नाइक जुत्ताले कुल्चीएर दवाउदै
त्यो दलदल मा डुब्दै
त्यही कमलको फूल फुलाउने आश मा
बितेछन् ती उत्पात राम्रा जवानी का दिन
सुकेछन् ती
दैला माथी मालामा सुकेका
सयपत्रीका थुँगा सरी ।

खाइयो अघाउँजी आँखाले
ती केयफसी का चिकेन
मनैले घुमियो
अन्नपुर्ण पदयात्रा
चढीयो नेपाल यातायात का चमेरे सीटमा
भटटट गर्ने भी आर
नाचीयो बेबीलोनको डिस्को
आलेटारमा
अम्फुवा खोलाको दहमा
गरीयो वाटर वर्ल्डको शुखानुभुती
अनि ती ठूला आँखा भएकी गोरी सँग
बसाइयो घरबार आफ्नै सपनीमा ।

बिति सकेछन् कैयौ बशन्त
काफल पाक्यो चरीको गीत सँगै
बुढेमा का दाँत फुक्ले सँगै
त्यो बुढो आँपको रुख काटे सँगै
नास्पातीको रुखमा ऐजेरु लागे सँगै
ओठ माथी जवानी हुर्कीए सँगै ।

समाजको फलामे साङ्लो
अनि प्रकृतीको पुच्छर निमोठाइ
यी सब खेदो गरी रहन्छन्
शीशीर मा ती बकाइनाका हाँग जस्तै
नाँङ्गो नहुन्ज्याल सम्म
सायदै सकिएला फुकाउन
समाज का ती जँजीर
अनी सायदै सकिएला बच्न
प्रकृती का ती तीखा बाँण बाट ।

तै पनि जानुछ अगाडी
घिसार्नु नै त छ यो बोझ लाइ
अझ बोक्नु नै छ जीन्दगीका भारी
ब्योहोर्नु नै छ यी जगका दुख
यदी मुक्त हुन खोजे
यही दुनीयाले भन्छ

थुक्क कस्तो नामर्द रैछ ।।।  ©अनिल घिमिरे २०७० श्राबण १३ फत्तेपुर सप्तरी