Friday, November 1, 2013

मेरो माने कपी ।

https://www.khabarmanch.com/anil-ghimire-story/ सायद म पाँच कक्षामा पढ्थेँ हुला ।  जुरुक्क उठ्यो अनि अँगेनको छेउमा गएर टुसुक्क बस्यो ।कुडेमा दुध तातीरहेको हुन्थ्यो । यहिनै दैनिकी थियो मेरो ।
बा नविलको खवटा लाइ दुइ तिरबाट प्वाल बनाएर बाँसको सिन्का को डन्डी घुसारेर बनाएको डाडुले  उम्लदै गरेको दुध उगाउदै माथी पुर्याएर ध्वार्र ध्वार्र पार्दे चलाउनु हुन्थ्यो । मेरो सधैको खुराक त्यहि कुँडेको पिँधमा थियो । जब सम्म दुध सेलाउदैनथ्यो र ठेकीमा हालिदैन थ्यो तब सम्म कुडे कोर्न नमिल्ने । जब कुडे खाली हुन्थ्यो तब म खिइएर डन्ठीमात्र बाकी रहेको पुरानो फलामको पुन्यू लिएर कोर्न थाल्थे । हातमा त कालो मोसो लाग्थ्यो लाग्थ्यो थुचुक्क बसेर आफु जत्रै कुँडे कोर्दा सबै जिउ नै कालो हुन्थ्यो ।
नित्य कर्म सके पछि स्कुल जाने बेला पनि भै हाल्थ्यो अनि फेरी नियमित खुराक बासि भातमा दुध हालेर फत्काएको नक्कली खिर ।  खाएर निस्कन मलाइ जहिल्यै हतार हुन्थ्यो ।
    नयाँ माने कापी बाहिर इगलको ठुलो चित्र भएका मेरो थैलीजस्तो मुख भएको झोला भित्र थिए । झोला लाइ पछाडी भिरेर फुत्त घरबाट निस्किएर पर्तिर सल्लाको बनको बाटो सल्लीपिरमा चिप्लदै माथि स्कुल जाने दैनिकी थियो । सल्लेरी बनमा रातो माटो पानी परे पछि सुलुत्तै चिप्लने । अलि माथि डाँडामा मेरो स्कुल  । डाँडामा भएको ले नै होला नाम नै डाँडाको स्कुल  भन्ने गर्थे । एउटा डाँडामा टुक्रुक्क बसेको जम्मा ६ कोठाको  रुपरंग उडेर गएको नाम मात्र बाकी रहेको संरचना कुनै पनि बेला हुरी को चपेटामा पर्न सक्थ्यो । हावा ले छाना नउडाओस् भनेर भर्याङ छेउमा बाहिर निस्कििएको मुल निदालमा डोरी ले बाधेर माथि छानामा कसिएको ।
   हेड सर सबै बिधार्थीको नजरमा डाकु भन्दा कम थिएनन् ,सारै कडा । होचा कदका अलि नाके नाके बोल्ने उ जमानामा मेट्रीक पास । जति नै कडा भए पनि हामि तिन लाइ छल्न अनि अनेक फटाइ गर्न अगाडी हुन्थ्यौं ।
पाँचौ कक्षा भुइ तला को सबै भन्दा पल्लो कोठामा थियो त्यसको ठिक माथी स्टाफ कोठा । स्टाफ कोठाको तलामा माटो ले नछापेर काठ ले छापीएको थियो । माथी सर हरु हिड्दा फलेक का चेपबाट धुलो खसेर हाम्रो कपाल खैरै हुन्थ्यो ।
हामी पनि के कम र बदला लिइ हाल्थ्यौं । हातमा बाँसको सानो तिखो सिन्का लियो बेन्च माथि चढ्यो अनि जब सरका खुट्टा फलेक का चेपमा  पर्थे तबत ल बाट जोडले घोच्थ्यौं । माथि बाट सरको डर लाग्दो आबाज आउथ्यो...... पख तिमि हरु लाइ । जब सर तल आएर रिसाएर सोध्नु हुन्थ्यो तव हामी सबै चुपचाप किताब हेरेर बस्थ्यौ । सबै एक मत हुन्थ्यौ । अनि सर हार मानेर जानु हुन्थ्यो ।
एक दिन यहि नियमितता दोहोरीएको  थियो तर शिकार गलत परेछ । हेडसरको खुट्टामा पो सुइरो घोचिएछ । नाके नाके स्वर यस्तो भयानक भयो कि हामि सबैको सातोपुत्लो नै उड्यो । तर सजाँय चाहि सबैले पायौ हप्तामा एक पटक कोठा लिप्नु पर्ने । केटाको काम गोबर र माटो खोजेर ल्याउने अनि पानि ल्याउने केटीको काम लिप्ने ।
दिन हरु यसरी नै बित्दै थिए .....
..........................................................
एक दिन बेलुका भात खाने बेला भएको थियो, साझ झपक्क परी सकेको थियो,म थालमा भात मुछेर ठिक्क पहिलो गाँस हाल्न मात्र के खोज्दै थिए एकाएक बा मूल ढोका बाट छिर्नु भयो र मलाइ भन्नु भयो, जा त तेरो हिजो किनेको माने कपी लिएर आइज । के के लेखिछस् हेरौ ।
लौ,मेरो गोप्य कुरा बा लाइ यति चाँढै कसरी थाहा भयो ।
कि नयाँ कपी मा छोरा ले कस्तो लेखेछ भनेर साँच्ची नै जाँच्न खोज्नु भको हो ।
मलाइ दुबिधा भयो ।
कि त्यो साले योगिन्द्रे ले सबै कुरा बा सँग ओकली सक्यो । मलाइ अझ तनाब भयो ।
हैन हैन तेसले त्यसो गर्न सक्दैन ,यदि बा लाइ सबै कुरा थाहा रैछ भनेत मेरो खैरो छैन ।
अचानक मेरो ढाड ले मलाइ सतर्क गराउन थाल्यो भग्छस् भने भाग हैन भने यो पटक म तेरो साथ दिन सक्दिन । गल्ती गर्ने तँ चोट पाउने म ।
फेरी बा को आदेश आयो । खै त गएको छिटो लिएर आइज । यस पटक बाको आबज अलिकता ठुलो थियो ।
अब चाही मलाइ थाहा भै सक्यो कि बा लाइ सबै कुरा थाहा भै सकेछ ।
पख न साले योगिन्द्रे तँलाइ भोलि भेटौ मात्र न ।
तर यहा त अहिलेको नै समस्या कसरी टार्नु नै  मेरो लागी त चुनौती थियो ।
म जुरुक्क उठेर बाहिर भर्याङ तिर लागे ।
..............................................
कहा  जाला र भरे भात खान त आउला नी रु
आज चाँही यस गिठ्ठा लाइ भकुन्डो जस्तै लात्ती नहानी त कहाँ छोडौला र ।
तल आँगन बाट आएको बा को डरलाग्दो आवाज मेरा कानमा मधुरो सुनिदै थिए र म कोदोको भकारी भित्र झन्डै झन्डै नाक सम्म डुबेर मनमनै बा को रौद्र स्वरुप  कल्पना गर्दै थिएँ । नाकमा कोदो को तिखो गन्ध ले आक्रमण त गर्दै नै थियो । अझ भकारी माथी गुन्द्री नभएको भए त बा को आबज ले नै मेरो सुरुवाल भिजाइ सक्ने थियो होला ।
बल गरेर स्वास लिदै गर्दा हजुरआमा को आबाज मधुरो सुन्दै थिए ,
छोड्दे अब,केटाकेटी नै छ । अब देखि तेस्तो गर्देन ।
बा झन उग्र हुदै थिए,
भुत्रो को केटाकेटी हुन्छ । पाँच कक्षामा पढ्ने को बुद्दि यस्तै हुन्छ ।
कहाँ जाला र आज चाँहि यस जा.....लाइ भेटौ मात्र न मैले जान्या छु । जति माया गरे नि नहुने ।
लौ अब त म  ग ...बाट ज...मा पुगी सकेको रहेछु । सकिएछन् आज देखि मेरा दिन । म डरले लुगलुग काम्न थाले।
............................
माने कपी लिन भर्याङ्ग चड्दा खेरी मेरो दिमाग ले काम गर्न छोडि सकेको थियो । जब मैले मेरो किताबको झोला देखे तव मेरो दिमागमा एउटा आइडिया आयो ।
भाग केटा मौका पाएको छस् । भाग्न त भाग्ने तर कहाँ । यसो बाहिर हेरेँ पुरै अँध्यारो हुन थालेको छ । आफु लाइ साँझ पर्ने बित्तिकै बाहिर निस्कन भने पछि डरले काम पुग्ने ।
अब घर भित्रै सुरक्षित स्थानको खोजि गर्नुको बिकल्प रहेन । कहा लुक्ने । खाट मुनी लुकौ पक्डिजाने । कतै कुनाकुनी पनि देखिन । यसो पर्तिर धानको ढिकुटी थियो तर आफु लाइ धानको खिया ले जिउ चिलाएर एलर्जि नै हुने ।
एउटा बिकल्प बाँकि नै थियो माथिल्लो तलामा जाने । माथिल्लो तलामा एउटा ठिक्कको भकारमिा कोदो राखिएको थियो र माथि बाट एउटा गुन्द्री ले ढाकिएको ।
र म त्यही ढिकुटी भित्र बाट तलका संबाद मधुरो सुन्दै थिएँ ।
दुइ ओटै हात भकारीको कोदो भित्र थिए , नाक भन्दा माथीको भाग मात्र बाहिर । मुस्किल ले सास फेरीरहेको थिए । ठुलो सास फेरो भने खोजि गर्ने क्रममा म पकडिने डर ले अलिकति अलिकति गरेर मात्र ज्यान जोगाइ रहेको थिए ।
.....................................
बित्थामा मैले ति नयाँ दुइ ओटा माने कपी बिस्कुट सँग साटेर खाएछु । मागेको भए त बा ले किनिदिनु हुन्थ्यो नि । आखिर मेरा बा पनि त त्यहि स्कुलकै शिक्षक नै त हुनुहुन्थ्यो ।
अलिकती पर्तीर रहेको कोइरालाको पसलमा अनेक थरीका चकलेट बिस्कुट थिए । मलाइ एक बजेको छुट्टीमा बा ले एउटा कागजको चिर्कटोमा लेखेर स िह गरेर दिनु हुन्थ्यो अनि म त्यही चिर्कटो रुपी पैसा बोकेर जान्थे र ति साहुनी लाइ दिन्थे । उनी पनि यसो पढे जसो गरेर मलाइ कहिले बिस्कुट त कहिले अरु नै के के दिन्थीन् ।
शिक्षक हरुको चौमासीक रुपमा मात्र तलब आउने हुनाले त्यहा बा ले बाँकी कारोबारको लागी खाता खोल्नु भएको रहेछ र पछि तलब आए पछि तिर्ने गर्नु हुदो रहेछ ।
मेरो पछाडी दुइ चार जना साथी हरु हुन्थे तिनिहरु सँग पैसा हुँदैनथ्यो र केहि किनेर खाँदैनथे । तर पनि एक पटक चाहाी त्यो दोकानमा पुगेकै हुन्थे । कतै कोही आइ पुगी हाल्छ कि र केही किनी दिइ पो हाल्छकी भनेर । म सँग गएका साथी हरु कहिले एक पाप्रो बिस्कुट भेटी हाल्थे त कहिले हेरेको हेरै हुन्थे । त्यो सबै मेरो मुडमा नै भर पर्ने थियो । यदि बिस्कुट भेटेनन् भने मलाइ कर्के आँखा लगाएर पर माजनका बारीमा मेल चोर्न जान्थे ।अनि टर्रो मेल टोक्दै मुख बिगारेर मेरो छेउमा आएर मलाइ स्याँइ लाउथे । कति चाँही मेरो सिको गर्दे कतै फालिएको कागजको टुक्रा लिएर साहुनीका अगाडी पुग्थे तर बिस्कुटको साटो साहुनीको थप्पड खान्थे र हिस्स पर्दे फर्कन्थे ।
मेरो चिर्कटो मा बा ले खै के लेख्नु हुन्थ्यो मैले कहिल्यै हेरीन , मलाइ दिने बित्तिकै म बत्तासिदै सिधै पसलमा पुग्थे,तर सधै एउटै खाले बिस्कुट दिन्थीन् ति साहुनी ले । एक दिन मैले अर्के बिस्कुट मागे तर उनले यहिनै लेखेको छ यसमा त त्यो त दिन मिल्दैन यदि त्यो चाहिन्छ भने अर्के चिर्कटो लेखेर ल्याउनु ।
तर मलाइ त्यो बिस्कुट यति धेरै खान मन थियो कि मलाइ नभइ भएन । बा सँग गएर अर्को चिर्कटो लेखाएर आउने पनि आँट आएन ।
म दिमाग लगाउन थाले । ति साहुनीको छोरा पनि मेरै कक्षामा पढ्थ्यो । उसको नाम योगिन्द्र थियो । उ आमाका आँखा छलेर पसलका सामान लिन अक्सर सफल नै हुन्थ्यो । म पसलबाट वायु बेगमा पर स्कुलको ग्राउन्डमा पुगे त्यहा उ पाँचढुङ्गे खेल्दै थियो ।
मैले उसलाइ बोलाएर मलाइ त्यो नयाँ आएको बिस्कुट  खान मन लागेको बारेमा कुरा गरेँ । उसले मलाइ हेर्दै भन्यो त्यो त महाँगो छ नी अनि कहा आमा ले तँलाइ दिन्छिन् त ।
मैले जिद्दी गरे । बरु तँलाइ के चाहिन्छ भन् म त्यहि दिन तयार छु ।
उसले मौका पाएछ क्यार । प्वाक्क भनि हाल्यो
मलाइ तेरो नया चिलको चित्र भएको माने कपी दे नत ।
अगी कक्षामा मेरो कपी लाइ ओल्टाइ पल्टाइ हेर्दे त थियो । उसलाइ खुब मन परेछ क्यार ।
म अकमक्क परेँ ।
कसो गरौ, त्यो बिस्कुट नखाइ त भएकै छैन । मेरो जिब्रो बाट पानी नै निस्की सक्यो ।
मैले आँट गरेर सम्झौता गर्ने बिचार गरेँ ।
कपी को कुरा जसो तसो मिलाउला ।
खोजि भयो भने के के बाहाना बनाएर टारौला ।
यति भनेर हामी दूइ बिच गोप्य सम्झौता भयो । तर त्यो माने कपी योगिन्द्रे ले स्कुल लिएर आउन नपाउने ।
घरमा नै राखेर नोट बनाउने ।
....अचानक मेरो रिसको पारे चड्यो ।थुक्क तँ गधा ले यति कुरा पनि लुकाउन सकिनस् हैन । बालाई सुनाइ छोडिस् ।
मेरो नाक अब यो भन्दा धेर सहन नसक्ने स्थितिमा पुगी सकेको थियो । कोदोको पिरो गन्ध ले मेरो टाउको नै दुख्न थालि सकेको थियो ।
..........................................
तल बाट हजुरआमाको आबज आउन थाल्यो ।
बा लाइ हप्काउदै हुनहुन्थ्यो । तँलाइ केही नगर भनेको हैन ।हेर अब त्यो बालख कहाँ गयो होला ।
तिन घन्टा भै सक्यो । भोक पनि लागी सक्यो होला ।
यतिकैमा बाको आबाज पनि सुने ....ह्या आमा पनि कति किचकिच गर्नु हुन्छ । मैले कहाँ कुट्न आटेको थिए त ।
त्यसले गरेको गल्ति पो बुझाउदै थिए ।
हेर्नुस् त तेसले के गर्यो , झन अँग्रेजीका माने लेख्न लाइ तेती महँगो माने कपी किनेर ल्याइदेको थिए ।
बिस्कुट सँग साटेर खाएछ । तेस्ले बिस्कुट खान नपाएको थियो र ।
धन्न म बेलुका घर आउदा कोइरालाको दोकानमा निस्केछु,,,र योगिन्द्रे ले लेख्दै गरेको देखें ।
बा को जङ्ग्याइमा कमी आएको मैले महसुश गरे ।
सोचे अब चाँही अति नै भयो सहनै नसक्ने । अब चाँही निस्कनु पर्ला । धत् कहाँ निस्कनु फेरी भकुन्डो हुन के बेर । अब एकै छिन जसरी भए पनि बस्नै पर्ला ।
तल बाट हजुर आमाको आबाज चर्को आबाज आयो ।
काँइला,,,,ए काँइला ,,,,
त्याँ परालको माचमा नी हेरीस् ।
पालीमा नी ।।।
लौ मेरो त धमाधम खोजि कार्य पो हुदै रहेछ । अब झन डर लाग्न थाल्यो ।
ए दुर्गे,,,,दुर्गे ,,,,त्याँ नि छैन ..
हजुरआमाको चर्को आबाज फेरी मेरो कानमा ठोक्कियो ।
माथ्लो घरको दुर्गा अँकल पनि मेरो खोजिमा लागेको कुरा थाहापाएँ ।
घरका सबै जना मेरो खोजिमा लागे पछि अब ढिलो चाँढो म पक्कै पनि भेटिन्छु होला ।
अब मलाइ आफै प्रकट हुनु भन्दा भेटिइन नै उचित लाग्न थाल्यो ।
ट्वाक्क ट्वाक्क ट्वाक्क,,,,,,
माथिल्लो तला जहा म गायब भएको छु त्यहा चढ्ने भर्याङ्ग चढेको आबाज आयो ।
लौ अब चाँही मेरो खैरो छैन ,,,पत्ता लागाइ सकेछन् क्यार ।
मेरो बर परका  सामान हरु बज्न थाले खुट्टाको टक टक आबाज मेरो वरी परी आउन थाल्यो ।
खर्याक खुरुक खर्याक खुरुक,,,,,आबाज आयो सायद पल्लो कुनामा छानामा झुन्डाएको डोको भित्रका पुराना टपरी बज्दै थिए ।
अचानक मेरो टाउका माथि के सर्याक्क गर्यो, अनि मैले यसो आँखा माथि तिर लगे । एभरेडी टर्चको तिखो प्रकाश ले आँखानै तिरिमिरी  बनायो ।
ह ह ह ह ह.....लुइरे भेटियो ........मोटो बाक्लो हाँसो गुन्जियो त्यहाँ । अनि  एउटा हात मेरो टाउका तिर आउन थाल्यो । मैले गोबर र कुहाएर कुट्न लाइ ठिक्क पारेको पाटको तिखो गन्धको महशुश गरे  र सम्झे पक्कै पनि दुर्गा अँकल हुनु पर्छ । मेरो कपालमा च्याप्प पारेर माथी तान्न थाल्नु भो । म कोदोको भकारीको पुछार सम्म नै पुगेको ले तान्न निकै सकस पर्यो उहालाइ । मेरो त कुरै छोडौ कपाल मा समातेर सिङ्गै माथी उचाल्दा म पिडाले झन्डै चिच्याएको । अरु बेला यति गरेको भए मेरो चिच्याइ ले त्यो गहिरो नै उचालिने थियो अनि माथ्लो र तल्लो घरमा झगडा पक्कै नै पर्ने थियो ।
तर आज अबस्था फरक थियो । मलाइ बाहिर निकालेर पुरुसार्थ गरेझैं दुगाँ अँकल ले मलाइ ढुन्मुन्याउदै आँगनमा ल्याउनु भयो ।
म लाजले मरे जत्तिकै भएको थिए । कसैका अनुहारमा हेर्ने आँट म मा थिएन । आखिर म फटाहा कहलिएको थिए ।
नया माने कपी सँग बिस्कुट साटेर खाने ....
हजुर आमा नजिकै आउनु भयो र मलाइ तानेर भित्र भान्सामा लिएर जानु भयो ।
भात पस्कि दिनु भयो,,,,अनि फकाउदै यस्तो गर्नु हुदैन अब देखि नगर्नु भन्दै सम्झाउन थाल्नु भयो ।
परतिर अँगेनो लिप्दै गरेकी मेरी ममी म तिर हेदै भन्दै हुनु हुन्थ्यो,,,,,तँ काम नै तेस्तै गर्छस्..के गर्नु र..तेरो बुद्दी खै कहिले आउला....भन्दै खुइ काड्न थाल्नुभो ।
म चाँही यी उपदेश भन्दा मेरो ढाडलाइ मनमनै भन्दै थिए,,,,,देखिस् त मैले तँलाइ कसरी जोगाए ।
......................
मेरो माने कापी फिर्ता आइ सकेको थियो । खै थाहा छैन बिस्कुटको पैसा बा को खातामा चढ्यो या के गर्यो ।
तर मलाइ त्यही अँग्रेजिका माने लेख्न बा ले किनिदिएको माने कपी को सराप लाग्यो क्यार,,अँग्रेजी आज सम्म मेरो दिमागमा चाहिने जनि घुस्न सकेन ।

This is the property of the writer. No body can copy any things from here without permission is Gilligan.