Wednesday, August 5, 2020

भूगोल पार्क को पीपल को रुख: म एक अंक

https://nepaltouch.com/news/1238/08/2020


कोरोना कहरले विस्व लाइ गांजेको छ । संसार पुरै ठप्प छ । गरिब हरुको मुखमा माड लाग्न छाडेको छ । धनि हरु लाइ कहिले पो पिर थियो र । 

 बिस्व को मानचित्र मा जम्मा जम्मी सून्य दशमलब सून्य तिन प्रतिशत भुभाग ओगटेको एउटा सानो भुखन्ड नेपाल जसको लगभग सून्य दशमलब चार चार  प्रतिशत भुभाग ओगटेको मन्जुश्री ले खड्ग प्रहार गरी पानी बगाइदिएर बस्न योग्य बनाएको एक खाल्डो काठमान्डौ को लगभग मध्य भागमा म एक अंक बिचरण गर्दै छु ।

     संसार पुर्ण रुपमा ठप्प छ । अत्याबस्यक भनिएका केही सेवा सुचारु छन् । तिनै अत्याबस्यक सेवा मध्ये को कुनै एक सेवा प्रदायक को एक अंस अनि एक अंक भएको नाता ले म पनि मन भरी तन भरी डर नै डर को भारी बोकेर सुनसान सडक मा लमक लमक हिंड्दै छु ।

कुनै समय यिनै सडक मा एक पाइला चाल्न बडो सकस हुन्थ्यो । सलहका हुल झै धेरै अंक हरु हुरुरुरु बगीरहन्थे । तर आज बाटामा भुस्याहा कुकुर को राज छ । मनमनै सोच्छु सबैको पालो आउदो रैछ बाबै । कानमा हेड फोन लगउन मन लाग्छ । एफ एम बजाउंछु । समाचार आउंछ । आज थप एति जना मा कोरोना संक्रमण भयो आज एति जना को कोरोना को कारण मृत्यु भयो । म झसंग हुन्छु । भोलि म पनि संक्रमित भएं भने यदि म पनि मरें भने  सायद यी अंक हरुमा एक अंक थप हुनेछ । मेरो नाम थर बतन कसैलाइ जरुरी पर्ने छैन । जरुरी हुनेछ त फगत एक अंक । हामि सबै अंक हौं फगत एक अंक । 

अंक को खेल बडो गजब को छ । हेड फोन निकाल्छु । समाचार सुन्न पनि दिक्क लाग्छ । न्यूरोड गेट छेउ केही प्रहरी हरु उभिरहेका छन् । तिनिहरुको अनुहार हेर्छु । टिठ लाग्दा आंखाले उनिहरु मलाइ हेर्छन् । म सतर्क हुन्छु । सायद उनिहरु सोचिरहेका होलान् उ एक संक्रमित अंक खुलेआम घुम्दै छ । म अफिसको कार्ड घांटिमा झुन्डाउंदै ति अंक हरुलाइ नहेरी लाग्छु भुगोल पार्क तिर ।

हलिउड फिल्म आइ एम लिजेन्ड का सुनसान सहर का कहालिलाग्दा दृष्य झैं पुरा न्युरोड सुनसान भएको छ । म एक्लै मुल सडक लाइ नापी रहेकोछु । एक प्रकारले आफुलाइ विल स्मिथ झै फिल आउंछ । केहि दिन ल्याब मा बिताएर कोरोनाको भ्याक्सिन पो बनाइदिउं कि । मन न हो के के सोचि रहन्छ । कोहि होला र यो सुनसान सडक मा मन मा तर्कना गर्दै अगाडि बढ्छु । भुगोल पार्क छेउ बाट गोरखापत्र संस्थान को भबन अगाडि को गल्ली बाट भित्र तिर छिर्न खोज्छु । 

एतिकैमा केहि आवाज सुन्छु । 

‍ओ अंक ।

म टक्क अडिन्छु । हैन यो अंक वाला फन्डा त मैले अगि भर्खर मन मनै गुनेको मात्र थ्यो । कसले कसरी थाहा पायो । को होला यो अन्तर्यामी । मनमा डर लिएर एता उता हेर्छु ।

फेरी आवाज आउंछ । ओ अंक ।

डर एकातिर फालेर अगि भनेझै वील स्मिथ वाला फिलमा बोल्छु । को हो ।

म के म । माथि हेर त । एसो माथि तिर हेर्छु । कोहि छैन । 

हैन भुत पो हो कि के हो । भुत ले बोलायो भने दोहोरो नबोल्नु भन्छन् । दोहोरो बोल्यो भने भुत ले लैजान्छ रे ।

मैले केहि देखिंन ।

फेरी आवाज आयो । म के पिपलको रुख । एता तिर हेर त ।

पिपलको रुख रे । हैन रुख पनि बोल्छ र । मलाइ कोहि मेरो साथीले रमाइलो गरे झै लाग्यो । मैले पत्याइंन । को रैछ मलाइ जिस्काउने भनेर पिपलको रुख वरीपरी घुमेर हेर्न थालें । अहं कोहि थिएन ।

फेरी आवाज आयो । ए भाइ म पिपलको रुख नै हो के बोल्ने ।

अब भने मलाइ बिस्वास लाग्न थाल्यो कि यो बोल्ने पक्कै पिपलको रुख हुनु पर्छ । म अचम्मित भएर बोलें । हैन रुख पनि बोल्छन् र । अनि म संग नै किन बोलेको त ।

पिपल ले भन्यो संसार मा रहेका हरेक बस्तु बोल्छन्  मात्र हो एक ले अर्का को भाषा बुझ्दैनन् । अझ हामि रुख हरु त चौथो आयाममा रहन्छौं । तिमिहरु तश्रो आयाममा मा छौ । हामी तिमिहरु का हरेक क्रियाकलाप नियालि रहेका हुन्छौं तर तिमि हरु माथिल्लो आयाम लाइ बुझ्न सक्दैनौ र हाम्रो भाषा बुझ्न सक्दैनौ । 

इ आयाममिक कुरा मेरो दिमागमा घुस्न सकेनन् । मात्र यति बुझ्न सकें रुख हरु पनि कुनै बेला बोल्न सक्ने रैछन् । अचम्मित हुंदै म पिपल संग कुरा अगाडि बढाउन चाहें । मनमनै सोच्न थालें । यो बुढो पीपल को उमेर कति भयो होला । पीपल को रुख को आयु त तिन हजार बर्ष भन्दा पनि ज्यादा हुन्छ रे । हजारौ हिउंद बर्खा भोगेका यो रुख एक ज्यूंदो इतिहांस हो । हजारौं बर्ष पुराना घटनाक्रम हरु को जिउंदो साक्षी यो पीपलको रुख शरीर पुरै जिर्ण भएको छ तैपनि नयां पालुवा फेरी रहेको छ ।

शशांक रिडेम्पसन को बुढो रेड र यो बुडो पीपल बिच कति फरक छ है । यस्तो बुढो भएर पनि यो पीपलको रुख कुनै अतृप्त आसा लिएर हरेक बसन्तमा पालुवा फेर्ने गर्छ । तर उता रेड भन्छ साथी हो आसा एक खतरनाक चिज हो जसले मान्छे लाइ पागल बनाउंछ । अब बिलखबन्दमा परेको म बबुरो बिचारमग्न हुन्छु । आखिर कुन बुढो ठिक हो । आसा लिएर बांच्ने यो बुढो पीपल या बिना आस आफ्नो जिन्दगी आफ्नै तरिकाले बांच्ने बुढो रेड । 

बिना आसा अनि बिना कुनै उदेस्य जिन्दगी बांच्नु को के अर्थ हुन्छ र । गन्तब्य मा पुग्न सकिन्न भन्ने थाहा भएर पनि सानो खोल्सो समुन्द्र  संग मिल्ने उत्कठ आसा लिएर ‍ओरालो तिर बेगिएको हुन्छ । अनि बिना आसा र उदेस्य जिन्दगी बांच्नु को के अर्थ हुन्छ र । 

मेरो एकाग्रता लाइ भंग गर्दै बूढो पीपल ले भन्यो ए अंक त्यो रेड गलत थियो । आसा थिएन भने उ किन एन्डी लाइ पछ्याउंदै त्यो बुढो रुख खोज्दै चौरको बिचमा गयो । उसको भनाइ र गराइ मा फरक थियो । तर म त्यस्तो छैन । मलाइ आसा छ मेरो लक्ष्य एकदिन अबस्य पुरा हुनेछ  तब सम्म म हरेक बसन्त मा हरिया पालुवा फेरी रहनेछु ।

अं सांचि ए अंक । 

तिमी के आसा लिएर जिन्दगी लाइ घिसार्दै छौ  नि ।

मलाइ दिक्क लाग्छ ।

म आफ्नो जिन्दगी रसिलो भरिलो छ । हरेक दिन नयां उमंग छ । म संसारको सबै भन्दा खुसी मान्छे हुं भनेर बुरुक्क बुरुक्क उफ्रदै हिड्ने मान्छे लाइ के आसा लिएर जिन्दगी लाइ घिसार्दै छौ भनेको सुनेर रिस उठ्छ । अझ भनौ उसको घिसार्दै छौ भन्ने शब्द प्रति म मनमनै खेद प्रकट गरि रहेको हुन्छु ।

     म दिक्क मान्दै  भन्छु । तिमि अन्तर्यामी । तिमि चौथो आयाममा बांचिरहेको । तिमि समययात्रा गर्न सक्ने । अब तिमिलाइ नै थाहा होला नि । मलाइ के सोधिरा नि ।

म रिसाए झै देखेर पीपल भन्छ । ए अंक । त्यो सब मलाइ थाहा छ । कतै तिमि पनि रेड बुढो झै सिद्धान्त अनि दर्शन एउटा देखाउने अनि ब्यबहार अर्कै गर्ने खाले पो हौ कि भनेर बुझ्न मात्र खोजेको । 

म भन्छु । हेर पीपल । तिमि त पुज्य रुख हौ । बिष्णु को अबतार । यसरी मलाइ अनाब सनाब भनेर मेरो मन भड्काउने कोशिश नगर । सक्छौ भने मलाइ सहि मार्गदर्शन देउ । 

पीपल भन्छ । मलाइ हेर । मलाइ पढ । मलाइ बुझ । तिमि सब थोक बुझ्ने छौ । जिबनमा कर्म गर । फल को आषा त श्रीकृष्ण ले समेत नगर्नु भनेका थिए । लक्ष्य प्राप्त नहुन्ज्याल कर्म गर । तिमिले जस्तो कर्म गर्छौ अबस्य पनि फल त्यस्तो नै पाउने छौ । 

म घडि हेर्छु । अहो । हाजिर गर्न ढीला भइ सक्यो । म भने यहां पीपलको दर्शन सुनेर बसेको छु । अब कर्म गर्न दौडने बेला भै सक्यो । म फेरी अर्को भेटमा बांकि कुरा गर्ने बाचा गर्दै पीपल को रुख संग बिदा मागेर कार्यालय तिर दौडन्छु । 

पीपल पछाडी बाट मलाइ बाइ बाइ गर्दै हात हल्लाइ रहेको दृश्य मेरो मानसपटलमा झल्कन थाल्छ ।







This is the property of the writer. No body can copy any things from here without permission is Gilligan.

Thursday, June 11, 2020

स्वसांक जेल को समय यात्रा


https://nepaltouch.com/news/754/06/2020 स्वसांक रिडेम्सन अंग्रेजी फिल्म पहिलो पटक मैले कहां हेरें  मलाइ हेक्का रहेन । तर पनि जति पटक हेरे पनि मलाइ ति हरेक पात्र तथा घटना उतिनै जिबन्त लाग्छन् । अनि प्रत्येक पटक म मेरो जिबनको फ्राङ्क डाराबोन्ट लाइ खोज्दछु जसले मेरो जिबन लाइ पनि नाटकिय रुपमा निर्देशित गरिरहेको छ ।
सन्सार भरीको सबै भन्दा सुरक्षीत तथा कडा अनुशाशन भएको जेल मा एन्डी डुफ्रेन्स सँगै म पनि संगै छु, तर म निर्दोश छु उ जस्तै । किनकि म पनि एक बैकर हुँ । स्वसांक जेल जहां खुँखार अपराधी हरु लाइ तह लगाएर राखिन्छ । मलाइ पनि आफ्नी श्रीमती को हत्याको आरोप लागेको छ  एन्डी लाइ जस्तै ।
मलाइ याद छ दोशी ठहर्याएपछी पहिलो पटक जेलको चार पर्खाल भित्र पसेको । अरु कैदी ले आज राती एन्डी संगै म पनि रुन्छ कि रुंदैन भनेर बाजी राखेका थिए तर ति हारेका थिए ,किनकि एन्डी झै म पनि चुपचाप जेलको सन्नाटा लाइ आत्मसाथ गरेर आवाज बिहिन भएर बसेको  थिएं।
म कसरी एन्डी को पदचाप पछ्याउंदै त्यहां पुगें मलाइ हेक्का छैन । सायद म एक समय यात्री हुं । म जन्मेको ठ्याक्कै सात बर्ष पछाडी यी सबै घटना क्रम भएका हुन् । कुनै बेला सोच्छु सायद म नजन्मेको भए निर्दोश एन्डी जेल पर्ने थिएन । यो सब को पछाडी म नै पो मुख्य योजनाकार हैन । सात बर्षको उमेरमै चितबनको जंगल मा मेरो भेट  फ्राङ्क डाराबोन्ट संग भएको त हैन ? जसले यस्तो जिबन्त फिल्म बनाए । कि म जन्मनु भन्दा पाच बर्ष अगाडी स्टेफेन किंग संग मेरो भेट इलामको चियाबारीमा भएको थियो ? जसले एक उपन्यासको रुपमा यी सबै घटनाक्रम लाइ लिपिबद्ध गरे । म अचम्मित हुन्छु ।
एन्डी लाइ जन्म कैद भएको छ मलाइ जस्तै । मेरा सपना हरु अब के होलान् ? के मैले जिन्दगीको अन्तिम श्वास यहि जेल भित्र फेर्नु पर्ने ? मेरो मन उकुस मुकुस भएर आउंछ । मन मा सोच्छु के म एउटा सानो हथौडा ले सुरुङ खनेर भाग्न सकुंला र ? म सोच्छु पक्कै पनि म यो सन्नाटा बाट टाडा खुला आकास मुनी हात फैलाएर आकास बाट बर्सिएका पानीका थोपा को मज्जा लिनै पर्छ । म अबसर खोज्छु ।
रेड एक अफ्रिकन अमेरिकन बुडो  जो धेरै बर्ष सम्म जेलमा बिताएको छ । उसले गन्न समेत छाडीसक्यो कति बर्ष जेल मा बसियो भनेर । उ जेल बाहिर बाट भित्र चुरोट लगायत अन्य सामान लुकिछिपी भित्राउने गर्दछ । पहिलो भेटमा नै उसले मलाइ अनि एन्डी लाइ आफ्नो ठानि सकेको थियो ,यो कुरा मलाइ थाहा थियो किनकि म एक समय यात्री जो हुं । तर यो कुरा बुझ्न एन्डी लाइ निकै समय  लाग्यो । एक दिन मैले उसलाइ मलाइ एक सानो हथौडा चाहिएको कुरा गरें । उ हांस्यो र भन्यो के सानो हथौडा ले यति जटिल जेल का पर्खाल तोड्न सक्छस र ? सायद यहि माग एन्डी ले पनि गरिसकेको रहेछ । बुडो लाइब्रेरियन को हात मार्फत मैले मेरो हतियार प्राप्त गरें । म ग्राउन्ड मा छरिएका ढुंगा का टुक्रा हरु संकलन गर्थें र ति टुक्रा हरु लाइ चेस का गोटी को आकार दिन्थें । हतियार उहि सानो हथौडा थियो । ति छरिएका ढुंगा टिप्न मेरो र एन्डी का बिच हानाथाप नै हुन्थ्यो किनकि उ पनि मेरो झैं सोख राख्दथ्यो ।
   कडा वार्डेन सामुअल नोर्टन ले एन्डी लाइ झै मलाइ पनि एउटा बाइबल को किताब दिएको थियो । वार्डेन लाइ मन पर्ने केही कुरा हरु थिए जस मध्धे बाइबल पढ्नु पनि एक थियो । अब मलाइ धर्म सकट पर्यो । म हिन्दु गीता पढ्ने मान्छे यो बाइबल कसरी पढ्ने ? म बाइबल लाइ टेबलमा राखेर उही रेड मार्फत पाएको गीताको किताब पढ्न थाल्छु ।  एन्डी ले आफुलाइ मन पर्ने हिरोइनको पोस्टर आफ्नो कोठामा टांस्यो मैले पनि अनेक जोहो गरेर काजोल अग्रवाल को पोस्टर मगाएर टांसें । मेरा कतिपय हर्कत ले गर्दा मलाइ एन्डी संगै काल कोठरी मा महिनौ बस्नु परेको थियो । काल कोठरीका हरेक दिन एक युग भन्दा पनि लामा हुन्थे ।
एन्डी डुफ्रेन्स को ज्ञान असिमित थियो । म उसको असिमित ज्ञान को प्रयोग गरी उसलाइ जेलमा आफ्नो स्थान बनाउन जोड दिन्थें । यहि क्रममा आयकर मिलाउने कसरी छुट पाउने र कर फिर्ता कसरी लिने भन्ने बारेमा उसको ज्ञान लाइ प्रचारीत गरिदिएं । यस घटना ले गर्दा एन्डी कडा जेल वार्डेन को लेखापाल झै भयो र उसले कमाएका गैह्र कानुनी धन लाइ एक नक्कली ब्यक्तीको नाममा खाता खोलि जम्मा गर्न सुरु गर्यो । सायद यहि मेरो काम होला जसको लागी म समय यात्रा गरी यहां आएको छु ।
एन्डी को श्रीमती जो अर्कै केटा लाइ ब्वाइ फ्रेन्ड बनाएर रोमान्स गर्न पल्केकी हुन्छे । म बिचार गर्छु उसले किन त्यसो गरी । के एन्डी उसका सारिरिक आबस्यकता पुरा गर्न सक्षम थिएन र ? आर्थिक आबस्यकता त पक्कै पनि पुरा गरेकै थियो होला किनकि उ सानै उमेरमा एक सफल बैकर बनि सकेको थियो । म आफुलाइ सम्झें मेरो र उसको परिस्थिति ठ्याक्कै उस्तै छ । परपुरुस संग सल्केकी श्रीमती देखी हार खाएर एन्डी एक दिन पिडा भुलाउन टिल्ल हुने गरी रक्सी पिउंछ र पिस्तोल को गोली लोड गर्छ । अल्ली पर उसकी श्रीमती परपुरुस संग रासलिला गरि रहेकी हुन्छीन । एक्कासी गोली चल्छ । ति दुइ प्रेमि जोडी निशब्द भएर भुइं मा ढल्छन् । अनि सिधा आरोप एन्डी लाइ लाग्छ ।अनि उ आरोप प्रमाणीत भएर जेलमा आइपुग्छ । म सोच्छु के सांचै एन्डी हत्यारा हो त । मेरो समय यात्रा रोकिन्छ । म बास्तबिकता थाहा पाउंदिन । या थाहा पाउन आबस्यक पनि ठान्दिन । जे हुनु भइ सकेकै थियो ।
  एकदिन एउटा युवा जेलमा आउंछ चोरी को इल्जाम लागेर । गफै गफमा उसले भन्छ उसले एक जना संग भेट गरेको थियो जसले एक बैकर को श्रीमती र उसको ब्वाइफ्रेन्ड लाइ गोली हानेर मारेको । उसले हांस्दै भनेको थियो बिचरा त्यो बैकर श्रीमतीको हत्या को आरोपमा जेलमा छ रे । जब एन्डी ले यो कुरा थाहा पाउंछ तब झिनो आस लिएर आफुलाइ बचाउन वार्डेन संग बिन्ति गर्छ । तर वार्डेन को नक्कली खाता अनि दुइ नम्बरी धन को ब्यबस्थापन गर्ने एन्डी लाइ जेल बाहिर पठाउन चाहंदैन । एक दिन वार्डेन ले निर्दोश युवा टमी लाइ मारिदिन्छ ।
          जिबनभर जेल मा बसेर जबानी खेर फालेको बुढो ब्रुक्स जो जेलमा पुस्तकालय को जिम्मा लिएर बसेको छ उसलाइ देख्दा मलाइ टिठ लागेर आउंछ । बेला बेला म पनि थोत्रो पुस्तकालयमा जान्छु र उसलाइ सघाउंछु । मलाइ लाग्छ अब यो बुढो भयो यो काम एन्डी ले ज्यादा सहि तरिका ले गर्न सक्दछ । म एन्डी लाइ फकाउना थाल्दछु । बुढो ब्रुक्स को जेल जिबन सकियो तर उ जेल बाट बाहिर जान चाहंदैन । किन होला । म उसको मनस्थिती बुझ्दछु । पचास बर्ष यहि जेल उसका लागी संसार भयो । सायद उ जेल पर्दा को बाहिरी संसार आज अर्कै भै सक्यो । उसलाइ आजका प्रबिधि प्रयोग गर्न आउंदैन । उ काम गर्न सक्दैन किनकि उ ज्यादै बुढो भइ सकेको छ । जेलको मेसमा भात संगै खुम्ले किरा पनि पाक्दथ्यौ । सबै का भागका किरा मागेर उ काग लाइ खुवाउंदथ्यो । उ बाहिर निस्क्यो भने उसले पालेको काग लाइ कसले खाना देला ?  म सोचमग्न हुन्छु ।  जे होस् ब्रुक्स जिबन भरको जेल जिबन भोगेर शक्तिहिन भएर एक्लै बाहिर निस्कन्छ र सरकार ले दिएको एक कोठाको घरमा बस्न थाल्छ । उ बाहिरको परिस्थिति को सामना गर्न सक्दैन । र एक दिन भित्तामा ब्रुक्स यहां थियो भन्ने लेखेर पंखामा झुन्डिन्छ । म दौडदै जान्छु उसलाइ बचाउन तर मलाइ फ्राङ्क डाराबोन्ट ले च्याप्प समात्छ र भन्छ तं समय यात्री होस् । तं रमिता मात्र हेर बिगतमा गएर कुनै घटना लाइ नबिगार । उसलाइ शान्ती संग मर्न दे । म चुप लाग्छु र बुढो को मृत शरिर लाइ हेरी राख्छु ।
          एन्डी ले दिलोज्यान दिएर पुस्तकालय लाइ आकर्षक बनाउंछ । म रोमान्चित हुन्छु । र आफै संग कुरा गर्छु एन्डी अब तेरा दुख का दिन गए । हेर्दा हेर्दै त्यो दिन आउंछ । बाहिर आकास मा बादल गर्जिरहेको छ । पानी एक तमास ले परि रहेको छ । एन्डी वार्डेन को लेखापाली काम सकाएर टिलिक्क टल्कने जुत्ता लगाएर आफ्नो रुममा आउंछ । म देख्छु उसले हिसाब किताब राखेको डायरी आफु संगै लिएको र बाइबल को किताब वार्डेन को भल्टमा राखेको । एक्कासी रेड लाइ सम्झन्छु । यति सानो हथौडाले जेल तोड्न सक्छस् तैले भनेको । तर एन्डी ले गरेर देखाउंछ । मनपसन्द हिरोइनको पोस्टर पछाडी बाट उसले पर्खाल छेडेर भ्वांग पारी सकेको छ  जसरी मैले काजोल अग्रवाल को पोस्टर पछाडी बाट भ्वांग पारेको थिएं । एन्डी लाइ यो आइडिया मैले नै दिएको थिए जेल को लन्ड्री को काम गर्दा । हामि दुबै बाहिर निस्कियौ । म संग हातमा उहि गीताको किताब थियो तर एन्डी संग लाखौ डलर सहितको कागजात । अब उ एन्डी थिएन अर्कै नाम र पहिचान सहितको एक सरिफ ब्यक्ति थियो । पर्खाल बाहिर को ढल को पाइप उसले र मैले पालो पालो गर्दै ढुंगा ले फुटायौ यो काममा आवाज दबाउने काम बादले गरिदियो गड्यांग गुडुग गरेर । हामी दुबै जना ढलको पाइप अनि त्यो गन्ध पचाउंदै लामो यात्रा गरी अन्त्यमा एक नदी मा पुग्छौं ।
          भोलि पल्ट एन्डी नक्कली खाता भएको बैक मा पुगेको हुन्छ । उ संग सबै कागजात छंदैछ । सबै पैसा निकाल्छ  र जेलरका कर्तुत का बिबरण मिडियामा प्रकासित गर्न कुरियर गरिदिन्छ । अनि उ लाग्छ उसको सपनाको यात्रा मा अनि सपनाको शहरमा । जाने बेलामा उसले मलाइ भन्यो साथी तिमिले मलाइ हरेक समय साथ दियौ अब एउटा काम गरिदेउ । त्यो बुढो रेड जेल बाट निस्के पछि मलाइ भेट्न जानु रे भनेर ।
          एन्डी हिड्यो । म एक्लै भएं । उसले अह्राएको काम मैले गर्नै छ । म प्रहरी को आंखा छलि सहर वरीपरी भौतारीन थालें । केही समय पस्चात जेलरका कर्तुत बाहिर आए । जेलर लाइ पकड्न प्रहरी हरु जेलमा पुगे । जेलर सहन नसकी आफै पिस्तोल ले मुखमा गोली हानी आत्महत्या गर्छ । म सम्झन्छु गलत काम गरेर जती शक्ती प्रदर्सन गरे पनि सत्य बाहिर आए पछि झुटको साम्राज्य एक सेकेन्ड मा नै ढल्ने रैछ ।
          रेड जेल मुक्त भयो । म खुसी हुन्छु । उसलाइ पनि ब्रुक्स लाइ झै बाहिरी दुनिया टिढ लाग्दो लाग्छ । रेड लाइ सरकार ले दिएको एक कोठे घर मा ब्रुक्स पहिला नै बसिसकेको हुन्छ । रेड ले भिता मा लेखेको देख्छ  ब्रुक्स वाज हियर । रेड मुस्काउंछ । अनि उ पनि लेख्न थाल्छ सो वाज रेड । मलाइ छटपटी हुन्छ कतै रेड पनि ब्रुक्स झै आत्महत्या गर्ने मुडमा त छैन । अलि पर बसेको फ्राङ्क डाराबोन्ट गम्भिर छ । रेड डोरी लिएर कुर्षी माथी चढ्छ । म दौडदै जान्छु र उसको कानमा के के भन्छु । उ मुसुक्क मुस्काउंछ र डोरी फ्यांकेर बाहिर दगुर्छ । म उसको पछि पछि जान्छु ।
          सहर भन्दा केही पर को चौरी अनि बिचमा एउटा अजंगको रुख । रुख वरीपरी काला ढुंगा को पर्खाल । केही ढुंगा पन्छाउंछ । एउटा टिनको बाक्सा भेट्छ । म चिहाउंछु । अरे यो त हामी स्कुल पढ्दा बोक्ने ज्यामित बाकस जस्तै पो छ त । उ बिस्तारै बाकस खोल्छ र मुस्काउंछ । बाकसमा केही डलर र एन्डी बस्ने ठाउंको ठेगाना हुन्छ । मलाइ खुसी लाग्छ संगै दुख पनि । खुसी यो अर्थमा कि दुइ मित्रको भेट हुंदैछ  अनि दुख यो अर्थमा कि अब म कहां जाने । यसरी यो कहानी को सुखद अन्त्य संगै फ्राङ्क डाराबोन्ट एकातिर लाग्छ । म पनि समय यात्रा बाट फर्केर आफ्नै दुनियांमा आइ पुग्छु ।
          अब आजको कुरा गरौ । के हामी स्वसांक जेल भित्र का कैदी झै निसासिएर थुनिएका छैनौ ? पक्कै पनि हामी निर्दोश एन्डी झै जेल भित्र थुनिएका छौ जहां हामी लाइ पशु झै ब्यबहार गरिन्छ । हाम्रा जेल का वार्डेन हरु सामुअल नोर्टन भन्दा कम होलान् र ? सानो हथौडा संगै हंसिया समेत लिएर जेलको पर्खाल तोड्ने हरु नै आज जेलर भएका छन् अनि जेल को पर्खाल अझ बलियो बनाइरहेका छन् । हामि निर्दोश एन्डी झै बिना गल्ती जेलमा कोचिएका छौं । निर्दोश एन्डी लाइ फ्राङ्क डाराबोन्ट ले आज भन्दा छब्बिस बर्ष अगाडी कडा जेल बाट बाहिर निकाले अब निर्दोश हामी लाइ जेल बाट बाहिर निकाल्ने डाराबोन्ट कहां होलान् ? जौ साथी हरु हामी सबै उनलाइ खोज्न ।



This is the property of the writer. No body can copy any things from here without permission is Gilligan.

Monday, November 25, 2019


सेयर डिबेन्चर को जानकारी
सेयर भन्नाले हिस्सेदारी सम्झनु पर्दछ । कुनै कम्पनि लाइ संचालन गर्न आबस्यक पर्ने पूंजि कुनै एक ब्यक्ति वा संस्था ले मात्र जुटाउन नसक्ने भएकोले उक्त  कम्पनी को पूंजि लाइ सानो सानो भागमा बिभाजन गरिएको गरी धेरै जना मार्फत संकलन गर्ने गरिन्छ । पब्लिक लिमिटेड कम्पनिमा कानुन ले नै निस्चित प्रतिशत सेयर सर्बसाधारण लाइ बिक्री गर्नु नै पर्ने प्राबधान राखेको छ । बिभिन्न प्रकारका संस्था हरु जस्तो प्रोप्राइटर फर्म, साझेदारी फर्म ,प्रा ली,पब्लिक लि को पूंजि संकलन गर्ने तरिका फरक फरक हुन्छ । सामान्यतया सेयर भन्नाले NEPSE मा कारोबार हुने सेयर लाइ हामि सेयर भनेर बुझ्ने गर्दछौ जो पब्लिक कम्पनि हरु को सेयर हो ।
    साधारण तया कम्पनि को सेयर लाइ तपशिल बमोजिम बर्गीकरण गरिएको हुन्छ 
Authorized Capital  कम्पनिको अधिकतम पूजिको लिमिट
Issued Capital कम्पनि लाइ तत्कालिन समयमा आबस्यक पर्ने पूंजी संकलन गर्न जारी गरीएको
Called Up Capital जारी गरीएको सेयर मा लगानी गर्न माग गरीएको Capital
Paid Up Capital जारी गरिएको सेयर मा लगानी कर्ताले भुक्तान गरि सकेको सेयर

कम्पनि ले आफ्नो पूंजि जुटाउन बिभिन्न स्रोत हरुको प्रयोग गर्न सक्छ । जस्तो
Equity share त्यस्तो सेयर 
बिशेशता हरु
  • इनिहरु कम्पनि का मालिक हरु हुन्
  • संचालक समितिमा साधारण सेयर होल्डर पुग्ने गर्दछन्
  • कम्पनि नाफा मा गयो भने मात्र प्रतिफल पाउछन्
  • साधारण सेयर होल्डर को संख्या ज्यादा हुन सक्छ
  • यस्ता सेयर कम्पनि को अस्थित्व रहदा सम्म रहि रहन्छ
  • स्वामित्व हस्तान्तरण हुन सक्छ
Preference share त्यस्तो सेयर 
बिशेषता हरु
  • सेयर होल्डर नै हुन तर निस्चित दरको प्रतिफल पाइ रहन्छन्
  • कम्पनि को संचालक समितिमा जान पाउदैनन
  • निस्चित समय पस्चात साधारण सेयरमा रुपान्तर हुन सक्छ
  • कम्पनि Liquidation मा जांदा पहिलो प्राथमिकता पाउछन् 

नेपालमा सर्बप्रथम १९९४ मा नेपाल बैक लि को सेयर सर्ब साधारण लाइ बिक्री गरिएको थियो । सेयरको खरिद बिक्री NEPSE मार्फत हुने गर्दछ । जसलाइ दोश्रो बजार पनि भनिन्छ । प्राथमिक सेयर भन्नाले पहिलो पल्ट कम्पनि ले बिक्री गरेका सेयर हुन ।

बिस्व बजार को कुरा गर्दा आम्स्टडम स्टक एक्सचेन्ज नेदरल्यान्ड सबै भन्दा पुरानो हो भने बिस्वकै अत्याधुनिक सेयर बजार न्युयोर्क स्टक एक्सचेन्ज हो ।
    नेपालमा नेप्से को सुरुवात २०५० सालमा भएको हो  जो नेपालको सेयर बजार हो । बिभिन्न उतार चढाब का बिच नेप्से अहिले अनलाइन प्रणालीमा पाइला टेकेको छ ।

डिबेन्चर कुनै पनि कम्पनि को लागी पूंजि परिचालन गर्ने एक महत्वपुर्ण श्रोत हो । अर्थात डिबेन्चर कुनै पनि कम्पनि को पूंजिको को संरचानको एक अंग हो । 

बिशेषता हरु
  • डिबेन्चर मा निस्चित प्रतिशत को प्रतिफल तोकिएको हुन्छ  कम्पनि घाटामा गएपनि तोकिएको प्रतिफल प्रदान गर्नु पर्ने हुन्छ 
  • यो एक निस्चित अबधीको लागी जारी गरिएको हुन्छ 
  • लगानीकर्ता को लागी जोखिम रहित लगानीको बिकल्प हो
  • कम्पनि ले निस्चित प्रतिशत ब्याज भुक्तानी गर्नु पर्ने हुदा सो बाट जुटाएको पूंजि लाइ अधिक प्रतिफल पाउने क्षेत्रमा लगानी गर्नु पर्ने हुन्छ 
नेपाली पूंजि बजारमा डिबेन्चर को कारोबार खासै हुन सकेको छैन । भर्खरै देखी केही बैक हरुले यस्ता डिबेन्चर हरु जारी गर्ना थालेका छन् । पूंजि बजारको बिकास संगै यस्ता उपकरण हरु को प्रचलन बड्ने अपेक्षा गर्न सकिन्छ ।





This is the property of the writer. No body can copy any things from here without permission is Gilligan.

Thursday, January 11, 2018

जिन्दगि एक अबिराम यात्रा

https://www.setopati.com/literature/213216 एक गन्तब्यहिन यात्री जो अबिराम यात्रामा छ । यो शून्य सन्सार को गहिराइ नाप्न यात्रारत छ। प्रकृतिको शक्ती प्राप्त नदि ले खियाएर बनाएका खोँच र फाँट बाट यात्रा शुरु गरी माथी हिमाल को काख तर्फ लम्कदै छ । हो उ जिबन बूझ्न चाहन्छ । आखिर जिबन के हो ? यो अनुत्तरित प्रस्न को समाधान गर्न उसलाइ जरुरी छ। किनकि उ शून्यमा बिलिन हूनु पुर्ब बुझ्न चाहन्छ ।
कोही महान् दार्शनिकले भन्या थे "जिबन शून्य बाट सुरु भएर शून्य मै सकिन्छ"। हो ब्रम्हान्ड शून्य छ । यहि शून्याता मा हाम्रो सुरुवात र अन्त्य हुन्छ । शून्यतामा रोमान्चकता खोज्दा खोज्दै यो चक्रमा घुमेर उही शून्य मै बिलिन हुन्छ । आकाश शून्य छ पाताल शून्य छ सागर शून्य छ पृथ्वी ब्रम्हान्ड शून्य छ ।
यात्रामा नदीको आवाज ले शून्यता भङ्ग गर्न खोज्छ चराले गीत गाउँदै शून्यता भङ्ग गर्न खोज्छ तै पनि उ अगाडी बढीरहन्छ । आखिर उसलाइ उत्तर चाहिएको छ । लेकाली जँगल भित्र कतै उ बरालिरहेछ। हिमालको हिउँ लाइ छोएर आउने चिसो सिरेटो ले उसका शरिरमा प्रहार गर्छन्। तथापी उ थाक्दैन । पर चौरी गोठ, हो त्यस्कै आडको धाराको पानी पिउँछ । ओहो कस्तो चिसो दाँत नै झर्ला झै । पर पर सम्म मानिसको आबतजाबत छैन । चौरी को घाँटीमा बाँधिएका घन्टा को टङ टङ आबाज एकनासले आइरहेछ । यो सूनसान जँगलको मौनता तोड्ने यहि एक आवाज छ ।
उ हतारिन्छ। उसलाइ लाग्छ उ कतै टाढा पुग्नु छ । जहाँ उसलाइ पर्खेर बसेकी उसकी प्यारी मायालु छीन,पापा खान मुख मिठ्याएर बसेको उसको तोते बोली बोल्ने छोरो छ, लठ्ठी टेकेर आँगनको डीलमा उभिएर उसको बाटो हेरी रहने उसका बूढा बाउ छन् , अनि तुलशीको मोठमा साँझ बत्ती बालेर उसको सुस्वास्थ्य को कामना गर्ने उसको आमा छिन् । मलाइ थाहा छैन इ सब उसँग छन् या छैनन। तर एति थाहा छ उसको अभिलाशा भनेको उहि अनूत्तरीत प्रस्नको उत्तर खोज्नू हो । म उसलाइ गौर गरेर हेर्छु,उसका गहिरा आँखामा शून्याता पाउँछु ,मूहारमा हेर्छु लक्ष्य प्राप्त गर्ने दृढता पाउँछु । उ जुरुक्क उठ्छ र एताउती हेर्छ अनि फेरी यात्रामा तल्लीन हुन थाल्छ ।
माथी माथी अझ उचाइमा,जँगल अझ बाक्लिदो छ। माथी मालिङ्गो घारीमा टूसा खान आउने बडेमानका भालूले उसलाइ आहार बनाउलान् कि। म सोचमग्न हुन्छू। तर उसको मुहारमा कतिपनि डर देखिदैन, बेला बेला मलाइ लाग्छ भाब बिहिन , सँबेदना बिहिन, प्रेम बिहन,मानिबयता बिहिन एक कूरुप जन्तू के होला यो? मेरा मनका यस्ता आसङ्का ले उसको यात्रामा कुनै प्रभाब पार्दैनन् । उ एकनासले हिनिरहन्छ । माथी डाँडा छेउ, सुकेका बडेमानका रुखका ठुटा को जँगल को बिचमा गएर एउटा ढुङ्गा मा चढेर उ बस्छ। आधा च्यातिएको झोला बाट खोइ कुन्नी के झिकेर खान्छ । अलिकति भुइँमा फाल्छ। एउटा चरो आएर टपटपटप टिपेर खान थाल्छ।  मलाइ सँका लाग्छ कतै यो शिकारी त हैन। खानेकुरा दिएर चरा मार्दै हिँड्ने । मलाइ चिन्ता पर्छ। उ नबुझ्ने भाषामा केहि बोल्न थाल्छ। चरो पनि चिरबिर गर्दै केहि भन्न थाल्छ। दुइ जना बात मार्न थाल्छन्। म छक्क पर्छु। अरे चराको भाषा  समेत जान्ने यो ब्यक्ती पक्कै साधारण मान्छे होइन ।उनिहरुको बार्तालाप चलिरहन्छ। म दिग्दारी भाबमा वरिपरिको प्रकृति लाइ नियाल्छु। एति राम्रो जँगल मा कस्ले आगो लगाएर सबै रुख लाइ कालो निभेको अगुल्टो झैँ बनायो। वरपर नियाल्छु। मलाइ डर लाग्छ। सुनसान जँगल आधा डढेका रुख हरु।अस्ताउन लागेका घाम। अनि बढ्दै गरेको चिसो सिरेटो । म यतै हराइरहेछु।
ओहो खोइ त्यो मान्छे। गायब भो। म हैरान हुन्छु। कता खोज्ने होला यो अनकन्टार जँगलमा। लौ न म कहाँ जाने होला। म उसलाइ खोज्न यताउता दौडन थाल्छु। ओहो यहाँ रैछ। डाँडाको टुप्पो मा। अस्ताउन लागेको घामका लामा लामा किरण पर पर चाँदि ले पोतिएका हिमालमा पुगेछन्। हिमालको रँग फेरीएछ। कस्तो मनमोहक दृष्य। हो इनै दृष्य लाइ उसका गहिरा आँखा ले नियाल्दै पो रैछ । म पनि यो दृष्य देखेर खूब मोहित हुन्छु। सुकेको रुखको ठूटोमा आड लागेर यो मोहक दृष्य मा हराउँदैछु। शान्त शून्य बाताबरण मा दुबै जना प्रकृतीको सुन्दरतामा मुग्ध भएको बेला अचानक उ हाँस्न थाल्छ। पुरा अट्टाहाँस हाँसो, जसले सम्पुर्ण जँगल को शान्ती भँग हूने गरी । दाँयाँ हातको चोर औला ले पर को सुनौलो हिमाल देखाउदै ठूलो श्वरमा कराउँदै भन्छ ,साएद मेरो प्रस्न को उत्तर त्याहाँ पुगेपछी मिल्छ होला । फेरी दुबै हात फैलाउँछ र केही बेर आँखा चिम्म गर्छ, शान्त , बिलकुल शान्त ,मृत्यु शैया मा सुतेको एक लाश झै। फेरी उहि ठूलो हाँसो हाँस्छ म झसँग हुन्छु। सम्झन्छु कतै यो पागल त हैन। अझ सम्झन्छु यो पागल हैन यो बैरागी को चियो गर्ने म चाँहि पागल हुनु पर्छ।
उ उठ्छ। फेरी हिँड्छ। मास्तिर डिल बाट केही बुट्यान टिप्छ र सुँघ्छ। र चिच्याउँछ आहाऽऽ क्या मिठो। म त्याहाँ पुग्छु सोहि बुट्यान टिप्छु र सुँघ्छु, ओहो यो त सुनपाती हो। धुप हो। यस्तो उचाइमा आएपछि यस्तो धुप सुँघ्दा अल्टिच्युट सिकनेस हून सक्छ, कस्तो बेपरबाह मान्छे होला , म सम्झन्छु। धुपको गन्ध ले मलाइ असजिलो महशुस हुन्छ, लौ कतै मलाइ लेक त लागेन, म हतार हतार झोला बाट लसुन निकालेर सुँघ्न थाल्छु । अल्ली राहत महशुस हुन्छ। लौ फेरी त्यो मान्छे खोइ। उ पर पो पुगेछ।हैन कति बलियो,हैन के खान्छ हँ यसले। यो मान्छै नै त हो। कतै कोहि भूत त हैन। म भित्र डर पैदा हुन्छ।
म उसका पदचाप पछ्याउँदै लम्कन्छु। सूर्य को किरण परेको हिमाल अब बिस्तारै सुनौलो रँग छोडेर सेता हुदैछन्। घाम डुब्न लागी सके। अँध्यारो बढ्न थाल्यो। हिमाली चिसो सिरेटो ले शरिरमा जोडले प्रहार गर्न थाल्दै छ। म छक्क पर्छु। हैन म किन यो पागल फकिरको चियोचर्चो गर्दै यता आउँदै छु। अब फर्किउँ, रात परि सक्यो, सँगै जाउँ उ पर पर पुगी सक्यो। म दोधारमा परेँ। म उसलाइ पछ्याउँदै हिँड्न थाले। अल्ली पर दोबाटो मा एउटा बुढो रुख ढलेर बाटो छेकेको छ।  उस्को अत्तो पत्तो कतै छैन। लौ न म कून बाटो जाउँ। एसो अग्लो ढुँगामा उभिएर पर पर हेर्न थालेँ। लौ यो को हो घोडा मा चढेर आउने। ओभरकोट लगाएको खैरो कपाल पालेको कमसेकम साठी कटेको। घोडा कति हट्टा कट्टा छ।कालो घोडा मोटा खूट्टा। सम्झन्छु यो घोडामा चड्न पाए त मरो यात्रा कति सजिलो हूने थ्यो है, म सम्झन्छु। कि यो मान्छे सँग लिफ्ट मागौँ। हैट यो थोडी न कार या बाइक हो र लिफ्ट माग्न। म मौनता मा अल्झी रहेको यौटा जिबनऽऽऽऽ भन्ने गीत झै मौन भएर तिन छक्क परेर ठिङरिङ्ग उभिरहेछु ।
घोड सबार ब्यक्ती दोबाटो मा घोडा रोकेर तल ओर्लन्छ। ओभरकोटको भित्री गोजी बाट एउटा बोत्तल निकाल्छ, र एक घुट्की पिउँछ अनि मुख बिगार्छ। ओहो पक्कै रम पिएको हुनु पर्छ। यो चिसोमा एक पेग रम पिउन पाए त। म घुटुक्क थूक निल्छु। मागौ कि अलिकती, फेरी सम्झन्छु यो एकान्त मा म एक्लै यो बुढो घोडा सँग। कतैं मलाइ पिट्ने त हैन। मनमा डर पलाउँछ। रम पिउने चाहना एकातिर पन्छाउँछु। उ आफ्नो ओभरकोटको बाहिरि खल्ति मा हात हाल्छ अनि चुरोट झिक्छ। ओठमा च्याप्छ। चुरोटको बट्टा फेरी खल्तीमा राख्छ। गोजी छामछूम गर्छ। अनि दिक्क मान्दै चुरोट खल्तीमा राख्छ। सायद लाइटर बोक्न भूलेछ। म दिउँ कि। यहि मेसो मा एक प्याक रम पनि मागुँ कि। फेरी मलाइ डर लाग्छ। चुपचाप खडा रहन्छु। एक्कासी घोडा घाँटीको घन्टी बजाउँदै हिनहिनाउँछ। शान्त बाताबरण एक्कासी अशान्त हुन्छ। एक हूल चराहरु कराउँदै छेउको रुख बाट उड्छन्। बुढो मान्छे मुन्टो बटार्दै निधार खुम्च्याउँदै चराको हूल लाइ हेर्छ र एक्लै कराउँछ। म उसको भाषा बुझ्दिन। अचानक सम्झन्छु। कतै यो घोडसबार रोबर्ट फ्रोस्ट को कबिता "द रोड नट टेकन" को बुढो त हैन। पक्कै होला। बुढो उस्तै छ। घोडा उस्तै छ। ठ्याक्कै उस्तै रुखको मुडो ,दोबाटो अनि लेकाली अनकन्टार जँगल।
म सोच्दै हुन्छु। उ घोडामा चढेर हिँड्न लाग्छ। मलाइ के गरौँ के गरौँ झै हुन्छ। म सहास बटुलेर उसको छेउमा जान्छु र सोघ्छु। ए बूढा मान्छे यो दुइटा बाटो कता कता जान्छन्। उ चिढिएको अनुहार बनाउँदै मलाइ भन्छ, अस्तिनै म एउटा बाटो गएँ जहाँ मान्छे का पाइला कम थिए,जसले मेरो जिन्दगि लाइ एक मोड दियो। आज अर्को बाटो जाँदैछु हेरौ कस्तो मोड आउने हो। तिमि आफ्नो बाटो आफै रोज, जिन्दगि को यात्रामा सबैले आफ्नो बाटो आफै रोज्ने हो, कुन बाटो जाने भनेर अरु सँग सल्लाह लिन हुन्न। यति भनेर उ बाटो लाग्यो। मैले सम्झैं हैन रोजेर हिँडि सकेको बाटो बाट गन्तब्य मा नपुगी यो मान्छे कसरी फेरी यहि दोबाटोमा आइपुग्यो।यस्तो पनि हुन सक्ला र।
 जिन्दगि को यात्रामा पुगिने दोबाटो मा कुनै एक बाटो रोज्नै पर्छ। कुन बाटो रोज्ने त्यो आफुले नै निर्णय गर्ने हो।आखिर शून्य बाट सुरु हुने यात्रा शून्य मै सकिन्छ, यि दुइ शून्य बिचको यात्र आफु स्वयँ ले पार गर्नु पर्ने हुन्छ। ति दुबै बाटो आफ्ना लागी नयाँ हुन्छन्। अरुलाइ सोध्यो भने उसले हिनेको बाटो  उसलाइ सहज लागेको हून सक्ला तर त्यो बाटो आफूलाइ असहज हून पनि सक्छ। तसर्थ दोबाटो मा बसेर कुन बाटो जाने त्यो बिलकुल आफ्नो निर्णय हुने गर्छ। मन मनै यति कुरा सोचेँ।
अब म बिलखबन्द मा परेको थिएँ। घोड सबार को चक्करमा अर्को फकिर म बाट कतै टाढा पूगी सकेको थियो। सायद उसले पनि जिन्दगि को यात्रामा दोबाटोमा पुगेर पक्कै कूनै एक बाटो रोजेको थियो। सायद उ त्यहि बाटोको शून्यता को यात्रामा लम्किरहेको थियो। सायद उसलाइ यात्रामा खुब मज्जा आइरहेको हूनु पर्छ। अब म कुन बाटो जाने अलमल मा परेँ।
म त्यहि दोबाटोको बूढो रुखको मुडामा टुसुक्क बसेँ, दुबै बाटो लाइ हेर्दै। एउटा बाटो हेर्छू अल्ली ज्यदा घना जँगल छ बाटो साँघुरो छ। तर अल्ली पर जुनको किरण टहटह टल्कदै छ। अर्को बाटो तर्फ हेर्छु। खुला बाटो छ। जूनको प्रकाश ले उज्यालो भएको छ। पर पर हेर्छु अन्धकार छ। म कुन बाटो जाने भनेर दोधार मा परेको छू। बेला बेला सोच्छु, कूनै बाटो नजाउँ। यहि दोबाटोमा दोकान थापेर बसौ। तर मेरो यात्रा? शून्य बाट शुरु भएको मेरो यात्रा शून्यतामै टुङ्ग्याउन यात्रा नगरी कसरी हुन्छ र । गूरु हरुलाइ सम्झे। कतै उनिहरुले दोबाटो बाट सहि बाटो जान मद्दत गर्लान कि? फेरी बुबा आमा अनि साथिभाइ सबैलाइ सम्झे, कतै उनिहरुले दोबाटो बाट सहि बाटो जान मद्दत गर्लान कि?
नेपथ्य बाट कसैले आवाज दियो। मुर्ख। तँ बहुतै मुर्ख होस्। लौ न यो त त्यहि फकिरको आवाज पो हो त। बूढो कहाँ बाट कराउँछ। धन्न नजिकै रैछ। मेरो मनको डर अल्ली कम भयो।
उसले फेरी करायो ,
गुरु, पिता,साथिभाइ इ सबैले तँलाइ दोबाटो सम्म पुयाँउने हो। त्यस पछी कुन बाटो जाने भन्ने निर्णय तैले आफै गर्ने हो। त्यस पछीको यात्रा तैले आफै पार गर्ने हो । आफ्नो अन्तर मन लाइ सोध, र सहि निर्णय गर कुन बाटो जाने भनेर।
मैले भने ए बुढा, रात छिप्पी सक्यो। मलाइ जाडो भै सक्यो। यो रुखको मुढामा बस्दा बस्दा म थाकि सकेँ। भोक लाग्यो तिर्खा लाग्यो। लौ न तिमि कहाँ छौ मलाइ लिन आउ। आजको रात सँगै बसौ,कुन बाटो छान्ने भोलि कुरा गरौला।
उ फेरी करायो, मुर्ख मैले मेरो बाटो रोजि सके,अब म कसरी फर्कनु। अब तैले आजै अहिलै तेरो बाटो रोजेर यात्रा लाइ निरन्तरता दे।
मैले भने, ए बुडा अगि त्यो घोड सवार गलत बाटो रोजेकोमा पछुतो मान्दै यहि दोबाटोमा आएर अर्को बाटो गयो त। हामिले गर्न मिल्दैन र।
उ बोल्यो। त्यो तेरो भ्रम हो। त्यहाँ कोही घोड सवार थिएन। तँलाइ तेरो मनले दोधार मा पार्दै छ।यात्रा सुरु गरे पछी कोहि पछाडी फर्कन सक्दैन।यहि प्रकृती को नियम हो।
म झसँग भएँ।
उसले भन्यो लौ अब म यात्रामा लागेँ। तँ पनि बाटो लाग।
म धेरै बेर सम्म उसलाइ बोलाइरहेँ। तर अहँ उ बोलेन। सायद उ उसको यात्रामा पर पुगेको हुनु पर्छ ।
लौ त भन्दै म पनि एउटा बाटो रोजेर यात्रा मा लागेँ। गोजी बाट मोबाइल झिकेर हेडफोन कानमा लगाएर गीत सुन्दै, "यात्रा रहेछ जिन्दगि एकलै म हिँडी दिन्छु,,,,,,,,,,,,,,,,,,,," अझ सम्म यात्रारत छु । हेरौ अब कति लामो यात्रा गर्न पर्ने हो ।

Tuesday, December 5, 2017

पुराना याद हरु

यो मेरो सानो दुनियाँ जहाँ म बिन्दास स्वतन्त्र खुसी आनन्द अरे वा बहूत खूब रमाइलो जिन्दगी बाँच्दै थेँ। पास्ट टेन्स प्रयोग गर्दा कसैलाइ आघात पर्ला  कसैको कोइ लाइ दुख लाग्ला कसैको कोइ को कसैलाइ मन नपर्ला । तर मेरो अन्तर कुन्तर सब कन्सियस माइन्ड ले आदेश दिए पछि माथीको आदेश नमान्ने को थियो र ? अनि को होला र ? तर आज बोक्सी आँखा लाग्यो बरै,,, भने झै भएको छ ।
     बहूतै दिन मा केही हरफ लेखूँ भन्या तर इ औला ले कमल च्याप्न मन गर्दैनन् ,औला का टुप्पा ले किबोर्ड मा लिगलिगे ‌दौड दौडन चाँहदैनन् ।  तर  क्यार्ने हो र, यो मस्तिस्क अडीग छ। जो इ सब को बोस हो । जसको अर्डर सबले मान्नु पर्छ । आज उही सबको बोस ले अर्डर दिदै छ र फेरी पिडीत औला किबोर्ड मा हैन एउटा करिब ३०० पेज को रजिस्टर का मध्य भागका पानामा दौडदै छन् ।
     यो कलम कहाँ बाट आइ लाग्यो, अरे एसमा त Amnesty International पो लेख्या छ त । लौ न म कहाँ भ्रस्टाचार बिरुद्ध लाग्न सकुँला र । आइ मिन एस्को मतलब म भ्रस्टाचारी चैँ हैन है । कलम कहाँबाट आयो बाल मतलब जहाँ बाट आए पनि केही अर्थ छैन । बुद्ध को महल बाट आए पनि हत्या र हिँसा को कहानि लेख्न सक्छ, सोलेको गब्बर को ओडार बाट आए पनि शान्ती को कथा लेख्न सक्छ। सोही परी दाउद ले गिफ्ट गरेको भए पनि त्यसले दर्शन  र अध्यात्म को रचना गर्न सक्छ ।
     बिचरा कलमको के दोश जो आफ्नो एक दशमलब सम्म लेख्न सक्दैन, उसलाइ औला चाहिन्छ,जसको चेपमा चेपिएर पत्ताले तरुल झै चेपिएर बस्न उसलाइ मजा लाग्छ । ति औलामा स्वास फेर्न समेत गार्हो हुने गरी बस्न उसलाइ आनन्द लाग्छ । हो त्यहि कलम हो जो सहि हातमा परे बेद लेखिन्छ गलत हातमा परे सुसाइड नोट अथवा मृत्यु गाथा । कलम एक साध्य हो जसलाइ औलाका कापले साधन बनाउँछन् ।
     ओहो कताको कुरा कता पुग्यो । आफ्नो नै पर्सनल निजि स्यम् को मन को कुरा पो हुदै थ्यो ।
     लौन मन कसरी आफ्नो स्वयँ निजि हुन सक्छ। मन एकातिर तन अर्को तिर भएको मेरै खुदका स्यम का आँखाले देख्या छ। लौ यस्तो कूरा आँखाले कसरी देख्छ ? अरे ओ दुनियाँ वालो इ सन्दुक रुइत ले ट्रान्सप्लान्ट गर्ने बाहिरी आँखा अनि ति डि एस एल आर लेन्स को कूरा गर्या हैन । अन्तर हृदयमा बस्ने मनका आँखा को कूरा गर्या हो ।
     ओहो उ जमाना थ्यो जब मेरो तनमन सब बहुत बिन्दास थ्यो । बिहान उठेर बढो रोमान्चकताका साथ घरका ८।१० बटा बोका बाख्रा पाठी माउ सबै जति लाइ अगाडी लगाएर छीउ छीउ गर्दै बाँसका सिर्कनो ले छिस छिस पार्दै पर चौर छेउको खोल्सी को बाटो हुँदै पर काब्रा को बोट मुन्तिर को बाटो हुदै कानाबारी सिरान देखि पर्तिर बडेमानको ढूँगे भिरको फेद बाट मान्छे अनि बाख्रा हिड्न मिल्ने गरी खोपिएको एक डोरो बाट पर ओख्रे लगायत खेत मा लैजान्थ्यौ। बाख्रा लाइ जँगलमा छोडेर कहाँ आलु रोप्या छन् कहाँ गहुँ छर्याछन् कहाँ गँदे छ सो को खोजी गर्न थालिन्थ्यो ।
     दूम्सी ले झै आलु खोदलेर तल ओडार भित्र आगो बाली धुवाँ बाहिर ननिस्कने गरी ब्यबस्था गरेर आलु पोलि खाइन्थ्यो । गहुँ पनि सोइपरी पोली खाइन्थ्यो।
     माल बाँस को छिप्पेको टुक्रा लिएर चुप्पी ले तिखारेर तिस्कलो बनाएर सब खेतका डिल भत्काएर गँदे खनिन्थ्यो ।खालास गँदे भन्ने वाक्य खुब सुनिन्थ्यो । तर सब ले नराम्रो अर्थ लगाउने सो वाक्य मा सँलग्न रहेको गँदे मलाइ खुब मिठो लाग्ने । गँदे खन्दा सब खेतका डिल भत्काएर खत्तम । खेत वाला कहिले लाठी कहिले ढुँगा प्रहार गर्दै खेदाउँदा पर पर कोइराला को डिही भित्र लुकेर बस्नु को मज्जा अहिले कहाँ। त्यो डिही ले बडो गज्जब सँग सेल्टर दिएथ्यो कुनै जमानामा ।
     ओहो त्यो श्रीमतेको धारो । धान खेत । सिम खेत । धान उठाएपछी मँसिर पस्चात खूला खेतमा बाँस लाइ खोपेर लामो नाली बनायो अनि अग्लो डिल माथी पानी ल्याएर धारो बनायो । अनि नुहायो मज्जाले घाममा अनि पाट लाइ त्यही सिममा गाडेर राख्यो । १० । १५ दिन पस्चात झिकेर धारा छेउको ढुँगामा मज्जाले पिट्यो। र त्यसको रेसा निकाल्यो । ओहो कस्तो चिलाउने लूतो निक्ले झै ओहो कस्तो गनाउने । तर गाउँमा बाबियो को अभाब सँगै त्यहि पाटको रेसा को डोरी बानेर दशै र तिहारमा धर्ती छोड्न चचहुइ गर्दै पिङ खेल्न को मज्जा तूम क्या जानो भृकुटी मन्डपको बैज्ञानिक रोटेपिङ खेल्ने बालो ।
     ह्या आलु जस्तो को हो यो सामसुङ ग्यालेक्सी को कुन्नी कुन हो सिरिजमा बेतुके सुर को आवाज ल्याउने । हैट फोन पो आएछ । हैट यो फोनको धुन पनि कति कर्कश हौ । त्यो सल्लेरी बन को सल्ला को ध्वनि  कति गज्जब । तल पिँगुवा खोला बगेको कति मधुर त्यो अम्फुवा खोला त के बज्नु पानी भए पो । तै पनि त्यसको सँगीत पनि कम मधुर कहाँ थ्यो र ।
     काफल पाक्यो चरी को गीत जस्तो मधुर गीत कस्ले पो गाउला र । अँ कोइली को झन मिठो । तर मलाइ परेवा को माकमाक घुर ज्यादा मधुर लाग्छ। यत्रो गाँड फूलाउँदै पोथी को वरीपरी घुम्दै माकमाक घुर गर्ने परेवा बडो याद आउँछ । खुब फकाएको होला आफ्नो गजबको स्वर निकालेर आफ्नी प्रेमिका परेबी लाइ ।
     अरे ओ मेरो जन्म स्थान । आइ लब यू । मलाइ कसैले गाउले तोर्पे तोरी कोदो इत्यादी भने पनि मलाइ त्यहि धारा को पानी मिठो लाग्छ ।त्यहि रुखको अम्बक र अमला मिठो लाग्छ । त्यहि रुखको नास्पाति मिठो लाग्छ । त्यहि भिरको बाटो बाँदर झै उफ्रेर हिड्न मन लाग्छ । त्यहि भिरमा रहेको बाँस लाइ नुहाएर घाँस काट्न मन लाग्छ । हातमा खिइएको सानो कोदाली बोकेर पानी रुँघ्न पर पर टारी खोल्सा र पर पर जान मन लाग्छ । डाँडा मा बसेर पर अचार्द को छेउको छाँगो हेर्दै पानी मर्यो मरेन थाहा पाउन मन लाग्छ ।मलाइ मेरै जन्म स्थान मन पर्छ । ॐ शान्ती । आमीन ।
    




This is the property of the writer. No body can copy any things from here without permission is Gilligan.