बाहिर गजज्ब को चिसो, पुरा हुस्सु लाग्या छ। हुस्सु भन्दा फेरी हओ यो त कस्तो हुस्सु रैछ भन्ने जस्तो नबुझेकै राम्रो । किनकि यो बाहिर लागेको हुस्सु हामिले बुझ्ने गरेको हुस्सु जस्तो हुस्सू छैन। यो त बहुतै निर्दयी हुस्सु छ । कार्तीक मासे चौबिस गते पृथ्वी ग्रहे एसिया महाद्वीपे नेपाल देशे नुवाकोट जिल्ले बिदुर शहरे, बडो चिसो मौसम। पोहोर साल लगाइवरी कच्याककुचुक्क पारेर कतै सुटकेसमा खाँदेका उ बेला उता पानिट्याँकि इन्डीयामा किनेका भित्री बस्त्र को पुन अनाबरणा को कार्यक्रम सुसम्पन्न भै सकेको अबस्था छ । ओहो कस्तो ढुसी गनाएको, बेला बेला एसो निकालेर घामको मुख देखाउदै गर्या भए नि हुने नि। तर खै के गर्नु हामी सबै मानब जगत लगायत समस्त चराचर जगतको यहि त बिडम्बना हो , काम चलो भाँडो अनि आफल तेरो ठाँडो ।सोइपरी मैले पनि सोहि गर्या हुँ।
छेउमा
छ बिजुलिको हिटर । ज्यानमा न्यानो बढ्दै छ । झ्याल बाहिर पर बडेमानको सिमलको रुख
अलिअलि मात्र देखिदै छ। सायद यहाँ एयरपोर्ट हुँदो हो त भिजिबिलिटी को अभाबमा आज
उडान सम्भब पक्कै थिएन होला। हो यहि सिमलको रुख हो जसमा अस्ति भर्खर मात्र फुरुरु
गरेर वरीपरी को बाताबरण नै पुरै सेतै बनाउने गरी भुवा हुन्थ्यो । एस्तो कलकलाउदा
हरियो बैसले मातेको तन्नेरी सिमलको रुख
पुरा दारीवाला बाबा झै बुढो देखिन्थ्यो । कभि सास कि बारी कभि बहू कि भनेझै अस्ती
सिमलले भूवा उडाएर प्रकृती लाइ सेताम्मे पार्या थ्यो आज प्रकृती स्यव ले कुहिरो
उडाएर सेताम्मे पार्या छ । साँचि के प्रकृतीले त्यो सिमलको रुख सँग दुस्मनी साँधेर
यसो गर्या त होइन ? के प्रकृती ले पनि एसरी दुस्मनी लिन्छ र ? खोइ होला एसको उत्तर त उहि
शिब बाबा,ज्योतिबिन्दु स्वरुप जो यो चराचर जगतको पिता हुनुहुन्छ स्वय उहाँ लाइ
मात्र थाहा होला । ए सिमल तिमि तिम्रो भूवा सधैभरी उडाउ न । यो चिसो कुहिरो भन्दा
तिम्रो भुवा नै ज्यादा मुलायम हुन्छ । अस्ती अस्ती तिम्रो भुवा फूरुरुरु उडेर देख
बिदेश बिचरण गर्ने क्रममा मेरो कूटीको झ्याल बाट पनि भित्र छिर्दथ्यो । हरेक सामान
लाइ म्वाइ खाएर मलाइ इर्स्या जगाउथ्यो। तब म निर्दयी बनेर बिधुतिय ब्लोअर बोकी
भुर्रर्रर् पारेर ति प्रेम जोडीहरुलाइ छुट्याउँथे । तर जति गरे पनि तिमि तिम्रो
भूवा लाइ अझ ज्यादा उडाएर ति प्रेमिल जोडी लाइ पुन मिलन गराउँथ्यौ । मलाइ औधी रिस
उठेर झ्याल पुरा बन्द गर्न थाले देखि तिम्रा भूवा र मेरा कुटीका सामान हरुको
प्रेमालाप को श्र्रङ्खला समाप्त द इन्ड भएथ्यो । साँची ए सिमल ,कतै यहि रिस फेरेर त
हैन मलाइ मेरी प्रियतमा सँग टाढा बनाएको ,मलाइ श्राप पो दियौ
कि। लौ न प्रभो यदि एस्तो हो भने म अब देखी कहिल्यै मेरो झ्याल थून्ने छैन । मलाइ
मेरी प्रियतमा सँग सधै अँगालोमा बस्न मन छ । अझ यो चिसो चिसो मौसम छ तातो जवानी
भन्ने गीत झै उनि सँग तापक्रमको आदान प्रदान गर्नू छ ।
सिमल अरे ओ सिमल ।
तिम्रो शरिर वरिपरि पुरै कुहिरो ले ढाकेको छ । हैन तिम्लाइ जाडो हुँदैन । खै
तिम्रा ति भुवादार लुगा । अस्ती सम्म धेर भएर सबैलाइ बाँड्दै हिन्यौ । आज तिमि
पुरै न्याकेट भएकाछौ । कूरो बुझ्यौ होला नि,ज्यादा दानि बन्दा
आफै जोगी बन्नु पर्दो रहेछ । हेर जब सम्म तिमि सँग न्यानो भुवादार लुगा थियो तब
सम्म यो कुहिरो माथी डाँडाको गूफामा लुकेर बसेको थियो । जब तिम्ले सबै दान दियौ तब
उ तिम्लाइ दुख दिन आइपुग्यो । कुरा बुझ्यौ नि यो सँसारमा शक्ती को पुजा हुन्छ । जब
कोहि शक्ती बिहिन हुन्छ नि तब उसलाइ उसैको शरिरले समेत भाउ दिन छोड्छ । तसर्थ
दुनियाँमा अस्थित्व बचाउन सकेसम्म शक्तिशाली बन नत्र पाउनु दूख पाउनेछौ । ए सिमल म
मात्र कति एक्लै भट्याउनु, केहि त बोल। लु नबोले पनि एसो टाउको त हल्लाउ ।
उ बेलाका महाराज झै टाउको हल्लाएर बुझेँ बुझेँ सम्म त भन ।
मैले
थाहा पाएँ तिमि म सँग रिसाएको छौ । त्यहि भएर साएद मलाइ श्राप दियौ । मैले तिम्रा
भूवा लाइ तिनका प्रेमिका सँग बिछोड गराइदिएँ भनेर । साएद त्यहि भएर मलाइ पनि मेरी
प्रेमिका सँग टाढा बनाइ दियौ । साएद मलाइ एउटा पाठ सिकाउन चाहन्थ्यौ होला ।
प्रेमिल जोडी हरु को बिछोड कति दर्दनाक हुन्छ भनेर । हो मैले बुझेँ। यो दुरी
बास्तबमै प्रकाश बर्ष भन्दा टाढा लाग्दो रैछ । तर ए सिमल तिमि लाइ के थाहा। भौतिक
दुरी टाढा भए पनि भाबनाको दुरी कहिल्यै टाढा हुदैन। भौतिक रुपमा समिपमा रहे पनि
भाबनात्मक रुपमा दुरी रहे सम्म निकटतको महशुश कत्ति पनि हुदैन ।
ए
सिमल, के म
तिम्लाइ मेरो एउटा ज्याकेट गिफ्ट दिउँ। के तिमि मेरो गिफ्ट स्वीकार गर्छौ । म यहाँ
हिटर बालेर थर्मोकोट लाएर तातो पानि खाएर यो निर्दयी चिसो कुहिरो सँग युद्धरत छू
तर तिमि बस्त्र बिहीन भएर एक्लै सोहि निर्दयी चिसो कुहिरो सँग कसरी पौँठेजोरि
खेल्न सकौला र । पख म तिमिलाइ एउटा टोपि समेत भएको बाक्लो ओभरकोट उपहार दिन्छू ।
के तिमि स्विकार्छौ । तिमि एक्लै धुम्धुम्ती यो ठिहिर्याउने चिसोमा उभरहेछौ । खोइ
तिम्री प्रेमिल प्रेमिका जो सँग तातो तातो चिया खाएर निर्दयी चिसो लाइ चार
भन्ज्याङ्ग कटाउन सकिन्थ्यो । निकै दिन देखि म बिचार गर्दैछू तिमि फगत एक्लै
उभिरहेछौ । ए सिमल खोइ तिम्री प्रेमीका ।
उ बेला सेताम्मे
दारी पालेको देख्दा खत्रा तरिकाले तिम्रो ब्रेकअप भएर खत्रा तरीकाले बैराग्गीएर
दारी पालेको हो कि झै लाग्या थ्यो। तर अहिले तिमि पूरा हरियाली भएर मस्त जवान
देखिन्छौ। लौ मैले कुनै मेसो पाउन सकिन । कि तिम्रो जवानी आकै छैन । कि तिमि बुढो
भै सक्यौ। लौ न केहि त बोल । तिम्रा हाँगामा कति चरा हरुले गुड लगाए कति ले अन्डा
पारीवरी बचेरा हुर्काइवरी छु मन्तर भै सके । यो सब देख्दा तिम्लाइ कुनै रहर
लाग्दैन ।ति चरा हरु को एकान्त बास,तिनिहरुको गोप्य
प्रेमिल मिलन हेर्न तिम्लाइ लाज लाग्दैन ,मनमा कस्तो कस्तो
भएर बेटा मनमे लड्डू फुटा भन्ने हुँदैन । सधै सधै एकै स्थानमा एकै तरिकाले गजधुम्म
परेर बस्दा तिम्रा खुट्टा निदाउँदैनन्। यति अग्लो छौ पर पर को दृष्य देख्छौ,हो त्याहा पर पर गएर
डाँडा को टुप्पा मा बसेर हावा को सर्को सँगै सूर्य चुरोट को धूँवा उडाउन मन
लाग्दैन । ए साँच्ची माथी त्रिशूली बजार को सानो होटलमा तिम्लाइ बारा खान र शुद्ध
लोकल मा ड्यू मिसाएर खान मन लाग्दैन । खै तिम्रा दुइ जना साथीहरु मेरा जस्तै जो म सगै
बारा खान जान्छन्। कि तिम्रा साथी छैनन्। बोल हो,ए सिमल सोल्टी केही
त बोल ।
ए
साँची तिम्री मायालु हुदि हुन त कस्ती हुदिहुन हँ । मेरी जस्तै हल्का मोटी चिटिक्क
परेकी प्राय जसो म सँग रमाइलो झगडा गरि रहने तर एकै छीनमा फेरी मिल्ने मलाइ एकदम
माया गर्ने बिहान उठ्न भनेपछी लास्टै ल्याङ् गर्ने सेलरोटी पकाउन नजान्ने स्कूटर
बडो पर्फेक्ट पारामा कूदाउने र हालसालै जागीर खान थालेकी र मलाइ एक मिनट पनि समय
नदिने इत्यादी। हो एस्तै हुन्थिन कि कस्ती हुन्थिन हँ तिम्री मायालू। ए सिमल भन त
।
ए
सिमल तिम्रा बा आमा कता छन्। साँचि तिमि सानो छँदा तिम्लाइ तिम्रा बा ले पुरा भकुन्डो
हाने झै लात्तले हाने हानेनन्। तिमि सानोमा कुन स्कुल पढ्थ्यौ। सानो मा तिम्रा
साथी को को थिए ।लौ न केहि त बोल। के तिमि म सँग नबोल्ने नै हो । हावा सँग त
मज्जाले गफ गर्छौ त मैले इनै कानले सुनेको । म सँग चै किन नबोल्या ।
अहँ सिमल बोलेन मरिगए बोलेन । म मात्र पागल झै
एकोहोरो बोलि रहेछु। सिमल बोलेन। सायद म सँग गम्भिर ढँगले रिसाएछ क्यारे । अब
फकाउने अर्कै तरिका खोज्नु पर्ने भो ।
This is the property of the writer. No body can copy any things from here without permission is Gilligan.
No comments:
Post a Comment