Tuesday, December 5, 2017

पुराना याद हरु

यो मेरो सानो दुनियाँ जहाँ म बिन्दास स्वतन्त्र खुसी आनन्द अरे वा बहूत खूब रमाइलो जिन्दगी बाँच्दै थेँ। पास्ट टेन्स प्रयोग गर्दा कसैलाइ आघात पर्ला  कसैको कोइ लाइ दुख लाग्ला कसैको कोइ को कसैलाइ मन नपर्ला । तर मेरो अन्तर कुन्तर सब कन्सियस माइन्ड ले आदेश दिए पछि माथीको आदेश नमान्ने को थियो र ? अनि को होला र ? तर आज बोक्सी आँखा लाग्यो बरै,,, भने झै भएको छ ।
     बहूतै दिन मा केही हरफ लेखूँ भन्या तर इ औला ले कमल च्याप्न मन गर्दैनन् ,औला का टुप्पा ले किबोर्ड मा लिगलिगे ‌दौड दौडन चाँहदैनन् ।  तर  क्यार्ने हो र, यो मस्तिस्क अडीग छ। जो इ सब को बोस हो । जसको अर्डर सबले मान्नु पर्छ । आज उही सबको बोस ले अर्डर दिदै छ र फेरी पिडीत औला किबोर्ड मा हैन एउटा करिब ३०० पेज को रजिस्टर का मध्य भागका पानामा दौडदै छन् ।
     यो कलम कहाँ बाट आइ लाग्यो, अरे एसमा त Amnesty International पो लेख्या छ त । लौ न म कहाँ भ्रस्टाचार बिरुद्ध लाग्न सकुँला र । आइ मिन एस्को मतलब म भ्रस्टाचारी चैँ हैन है । कलम कहाँबाट आयो बाल मतलब जहाँ बाट आए पनि केही अर्थ छैन । बुद्ध को महल बाट आए पनि हत्या र हिँसा को कहानि लेख्न सक्छ, सोलेको गब्बर को ओडार बाट आए पनि शान्ती को कथा लेख्न सक्छ। सोही परी दाउद ले गिफ्ट गरेको भए पनि त्यसले दर्शन  र अध्यात्म को रचना गर्न सक्छ ।
     बिचरा कलमको के दोश जो आफ्नो एक दशमलब सम्म लेख्न सक्दैन, उसलाइ औला चाहिन्छ,जसको चेपमा चेपिएर पत्ताले तरुल झै चेपिएर बस्न उसलाइ मजा लाग्छ । ति औलामा स्वास फेर्न समेत गार्हो हुने गरी बस्न उसलाइ आनन्द लाग्छ । हो त्यहि कलम हो जो सहि हातमा परे बेद लेखिन्छ गलत हातमा परे सुसाइड नोट अथवा मृत्यु गाथा । कलम एक साध्य हो जसलाइ औलाका कापले साधन बनाउँछन् ।
     ओहो कताको कुरा कता पुग्यो । आफ्नो नै पर्सनल निजि स्यम् को मन को कुरा पो हुदै थ्यो ।
     लौन मन कसरी आफ्नो स्वयँ निजि हुन सक्छ। मन एकातिर तन अर्को तिर भएको मेरै खुदका स्यम का आँखाले देख्या छ। लौ यस्तो कूरा आँखाले कसरी देख्छ ? अरे ओ दुनियाँ वालो इ सन्दुक रुइत ले ट्रान्सप्लान्ट गर्ने बाहिरी आँखा अनि ति डि एस एल आर लेन्स को कूरा गर्या हैन । अन्तर हृदयमा बस्ने मनका आँखा को कूरा गर्या हो ।
     ओहो उ जमाना थ्यो जब मेरो तनमन सब बहुत बिन्दास थ्यो । बिहान उठेर बढो रोमान्चकताका साथ घरका ८।१० बटा बोका बाख्रा पाठी माउ सबै जति लाइ अगाडी लगाएर छीउ छीउ गर्दै बाँसका सिर्कनो ले छिस छिस पार्दै पर चौर छेउको खोल्सी को बाटो हुँदै पर काब्रा को बोट मुन्तिर को बाटो हुदै कानाबारी सिरान देखि पर्तिर बडेमानको ढूँगे भिरको फेद बाट मान्छे अनि बाख्रा हिड्न मिल्ने गरी खोपिएको एक डोरो बाट पर ओख्रे लगायत खेत मा लैजान्थ्यौ। बाख्रा लाइ जँगलमा छोडेर कहाँ आलु रोप्या छन् कहाँ गहुँ छर्याछन् कहाँ गँदे छ सो को खोजी गर्न थालिन्थ्यो ।
     दूम्सी ले झै आलु खोदलेर तल ओडार भित्र आगो बाली धुवाँ बाहिर ननिस्कने गरी ब्यबस्था गरेर आलु पोलि खाइन्थ्यो । गहुँ पनि सोइपरी पोली खाइन्थ्यो।
     माल बाँस को छिप्पेको टुक्रा लिएर चुप्पी ले तिखारेर तिस्कलो बनाएर सब खेतका डिल भत्काएर गँदे खनिन्थ्यो ।खालास गँदे भन्ने वाक्य खुब सुनिन्थ्यो । तर सब ले नराम्रो अर्थ लगाउने सो वाक्य मा सँलग्न रहेको गँदे मलाइ खुब मिठो लाग्ने । गँदे खन्दा सब खेतका डिल भत्काएर खत्तम । खेत वाला कहिले लाठी कहिले ढुँगा प्रहार गर्दै खेदाउँदा पर पर कोइराला को डिही भित्र लुकेर बस्नु को मज्जा अहिले कहाँ। त्यो डिही ले बडो गज्जब सँग सेल्टर दिएथ्यो कुनै जमानामा ।
     ओहो त्यो श्रीमतेको धारो । धान खेत । सिम खेत । धान उठाएपछी मँसिर पस्चात खूला खेतमा बाँस लाइ खोपेर लामो नाली बनायो अनि अग्लो डिल माथी पानी ल्याएर धारो बनायो । अनि नुहायो मज्जाले घाममा अनि पाट लाइ त्यही सिममा गाडेर राख्यो । १० । १५ दिन पस्चात झिकेर धारा छेउको ढुँगामा मज्जाले पिट्यो। र त्यसको रेसा निकाल्यो । ओहो कस्तो चिलाउने लूतो निक्ले झै ओहो कस्तो गनाउने । तर गाउँमा बाबियो को अभाब सँगै त्यहि पाटको रेसा को डोरी बानेर दशै र तिहारमा धर्ती छोड्न चचहुइ गर्दै पिङ खेल्न को मज्जा तूम क्या जानो भृकुटी मन्डपको बैज्ञानिक रोटेपिङ खेल्ने बालो ।
     ह्या आलु जस्तो को हो यो सामसुङ ग्यालेक्सी को कुन्नी कुन हो सिरिजमा बेतुके सुर को आवाज ल्याउने । हैट फोन पो आएछ । हैट यो फोनको धुन पनि कति कर्कश हौ । त्यो सल्लेरी बन को सल्ला को ध्वनि  कति गज्जब । तल पिँगुवा खोला बगेको कति मधुर त्यो अम्फुवा खोला त के बज्नु पानी भए पो । तै पनि त्यसको सँगीत पनि कम मधुर कहाँ थ्यो र ।
     काफल पाक्यो चरी को गीत जस्तो मधुर गीत कस्ले पो गाउला र । अँ कोइली को झन मिठो । तर मलाइ परेवा को माकमाक घुर ज्यादा मधुर लाग्छ। यत्रो गाँड फूलाउँदै पोथी को वरीपरी घुम्दै माकमाक घुर गर्ने परेवा बडो याद आउँछ । खुब फकाएको होला आफ्नो गजबको स्वर निकालेर आफ्नी प्रेमिका परेबी लाइ ।
     अरे ओ मेरो जन्म स्थान । आइ लब यू । मलाइ कसैले गाउले तोर्पे तोरी कोदो इत्यादी भने पनि मलाइ त्यहि धारा को पानी मिठो लाग्छ ।त्यहि रुखको अम्बक र अमला मिठो लाग्छ । त्यहि रुखको नास्पाति मिठो लाग्छ । त्यहि भिरको बाटो बाँदर झै उफ्रेर हिड्न मन लाग्छ । त्यहि भिरमा रहेको बाँस लाइ नुहाएर घाँस काट्न मन लाग्छ । हातमा खिइएको सानो कोदाली बोकेर पानी रुँघ्न पर पर टारी खोल्सा र पर पर जान मन लाग्छ । डाँडा मा बसेर पर अचार्द को छेउको छाँगो हेर्दै पानी मर्यो मरेन थाहा पाउन मन लाग्छ ।मलाइ मेरै जन्म स्थान मन पर्छ । ॐ शान्ती । आमीन ।
    




This is the property of the writer. No body can copy any things from here without permission is Gilligan.

Friday, November 10, 2017

सिमलको रुख

बाहिर गजज्ब को चिसो, पुरा हुस्सु लाग्या छ। हुस्सु भन्दा फेरी हओ यो त कस्तो हुस्सु रैछ भन्ने जस्तो नबुझेकै राम्रो । किनकि यो बाहिर लागेको हुस्सु हामिले बुझ्ने गरेको हुस्सु जस्तो हुस्सू छैन। यो त बहुतै निर्दयी हुस्सु छ । कार्तीक मासे चौबिस गते पृथ्वी ग्रहे एसिया महाद्वीपे नेपाल देशे नुवाकोट जिल्ले बिदुर शहरे, बडो चिसो मौसम। पोहोर साल लगाइवरी कच्याककुचुक्क पारेर कतै सुटकेसमा खाँदेका उ बेला उता पानिट्याँकि इन्डीयामा किनेका भित्री बस्त्र को पुन अनाबरणा को कार्यक्रम सुसम्पन्न भै सकेको अबस्था छ । ओहो कस्तो ढुसी गनाएको, बेला बेला एसो निकालेर घामको मुख देखाउदै गर्या भए नि हुने नि। तर खै के गर्नु हामी सबै मानब जगत लगायत समस्त चराचर जगतको यहि त बिडम्बना हो , काम चलो भाँडो  अनि आफल तेरो ठाँडो ।सोइपरी मैले पनि सोहि गर्या हुँ।

      छेउमा छ बिजुलिको हिटर । ज्यानमा न्यानो बढ्दै छ । झ्याल बाहिर पर बडेमानको सिमलको रुख अलिअलि मात्र देखिदै छ। सायद यहाँ एयरपोर्ट हुँदो हो त भिजिबिलिटी को अभाबमा आज उडान सम्भब पक्कै थिएन होला। हो यहि सिमलको रुख हो जसमा अस्ति भर्खर मात्र फुरुरु गरेर वरीपरी को बाताबरण नै पुरै सेतै बनाउने गरी भुवा हुन्थ्यो । एस्तो कलकलाउदा हरियो बैसले मातेको  तन्नेरी सिमलको रुख पुरा दारीवाला बाबा झै बुढो देखिन्थ्यो । कभि सास कि बारी कभि बहू कि भनेझै अस्ती सिमलले भूवा उडाएर प्रकृती लाइ सेताम्मे पार्या थ्यो आज प्रकृती स्यव ले कुहिरो उडाएर सेताम्मे पार्या छ । साँचि के प्रकृतीले त्यो सिमलको रुख सँग दुस्मनी साँधेर यसो गर्या त होइन ? के प्रकृती ले पनि एसरी दुस्मनी लिन्छ र ? खोइ होला एसको उत्तर त उहि शिब बाबा,ज्योतिबिन्दु स्वरुप जो यो चराचर जगतको पिता हुनुहुन्छ स्वय उहाँ लाइ मात्र थाहा होला । ए सिमल तिमि तिम्रो भूवा सधैभरी उडाउ न । यो चिसो कुहिरो भन्दा तिम्रो भुवा नै ज्यादा मुलायम हुन्छ । अस्ती अस्ती तिम्रो भुवा फूरुरुरु उडेर देख बिदेश बिचरण गर्ने क्रममा मेरो कूटीको झ्याल बाट पनि भित्र छिर्दथ्यो । हरेक सामान लाइ म्वाइ खाएर मलाइ इर्स्या जगाउथ्यो। तब म निर्दयी बनेर बिधुतिय ब्लोअर बोकी भुर्रर्रर् पारेर ति प्रेम जोडीहरुलाइ छुट्याउँथे । तर जति गरे पनि तिमि तिम्रो भूवा लाइ अझ ज्यादा उडाएर ति प्रेमिल जोडी लाइ पुन मिलन गराउँथ्यौ । मलाइ औधी रिस उठेर झ्याल पुरा बन्द गर्न थाले देखि तिम्रा भूवा र मेरा कुटीका सामान हरुको प्रेमालाप को श्र्रङ्खला समाप्त द इन्ड भएथ्यो । साँची ए सिमल ,कतै यहि रिस फेरेर त हैन मलाइ मेरी प्रियतमा सँग टाढा बनाएको ,मलाइ श्राप पो दियौ कि। लौ न प्रभो यदि एस्तो हो भने म अब देखी कहिल्यै मेरो झ्याल थून्ने छैन । मलाइ मेरी प्रियतमा सँग सधै अँगालोमा बस्न मन छ । अझ यो चिसो चिसो मौसम छ तातो जवानी भन्ने गीत झै उनि सँग तापक्रमको आदान प्रदान गर्नू छ ।
            सिमल अरे ‌ओ सिमल । तिम्रो शरिर वरिपरि पुरै कुहिरो ले ढाकेको छ । हैन तिम्लाइ जाडो हुँदैन । खै तिम्रा ति भुवादार लुगा । अस्ती सम्म धेर भएर सबैलाइ बाँड्दै हिन्यौ । आज तिमि पुरै न्याकेट भएकाछौ । कूरो बुझ्यौ होला नि,ज्यादा दानि बन्दा आफै जोगी बन्नु पर्दो रहेछ । हेर जब सम्म तिमि सँग न्यानो भुवादार लुगा थियो तब सम्म यो कुहिरो माथी डाँडाको गूफामा लुकेर बसेको थियो । जब तिम्ले सबै दान दियौ तब उ तिम्लाइ दुख दिन आइपुग्यो । कुरा बुझ्यौ नि यो सँसारमा शक्ती को पुजा हुन्छ । जब कोहि शक्ती बिहिन हुन्छ नि तब उसलाइ उसैको शरिरले समेत भाउ दिन छोड्छ । तसर्थ दुनियाँमा अस्थित्व बचाउन सकेसम्म शक्तिशाली बन नत्र पाउनु दूख पाउनेछौ । ए सिमल म मात्र कति एक्लै भट्याउनु, केहि त बोल। लु नबोले पनि एसो टाउको त हल्लाउ । उ बेलाका महाराज झै टाउको हल्लाएर बुझेँ बुझेँ सम्म त भन ।
      मैले थाहा पाएँ तिमि म सँग रिसाएको छौ । त्यहि भएर साएद मलाइ श्राप दियौ । मैले तिम्रा भूवा लाइ तिनका प्रेमिका सँग बिछोड गराइदिएँ भनेर । साएद त्यहि भएर मलाइ पनि मेरी प्रेमिका सँग टाढा बनाइ दियौ । साएद मलाइ एउटा पाठ सिकाउन चाहन्थ्यौ होला । प्रेमिल जोडी हरु को बिछोड कति दर्दनाक हुन्छ भनेर । हो मैले बुझेँ। यो दुरी बास्तबमै प्रकाश बर्ष भन्दा टाढा लाग्दो रैछ । तर ए सिमल तिमि लाइ के थाहा। भौतिक दुरी टाढा भए पनि भाबनाको दुरी कहिल्यै टाढा हुदैन। भौतिक रुपमा समिपमा रहे पनि भाबनात्मक रुपमा दुरी रहे सम्म निकटतको महशुश कत्ति पनि हुदैन ।
      ए सिमल, के म तिम्लाइ मेरो एउटा ज्याकेट गिफ्ट दिउँ। के तिमि मेरो गिफ्ट स्वीकार गर्छौ । म यहाँ हिटर बालेर थर्मोकोट लाएर तातो पानि खाएर यो निर्दयी चिसो कुहिरो सँग युद्धरत छू तर तिमि बस्त्र बिहीन भएर एक्लै सोहि निर्दयी चिसो कुहिरो सँग कसरी पौँठेजोरि खेल्न सकौला र । पख म तिमिलाइ एउटा टोपि समेत भएको बाक्लो ओभरकोट उपहार दिन्छू । के तिमि स्विकार्छौ । तिमि एक्लै धुम्धुम्ती यो ठिहिर्याउने चिसोमा उभरहेछौ । खोइ तिम्री प्रेमिल प्रेमिका जो सँग तातो तातो चिया खाएर निर्दयी चिसो लाइ चार भन्ज्याङ्ग कटाउन सकिन्थ्यो । निकै दिन देखि म बिचार गर्दैछू तिमि फगत एक्लै उभिरहेछौ । ए सिमल खोइ तिम्री प्रेमीका ।
            उ बेला सेताम्मे दारी पालेको देख्दा खत्रा तरिकाले तिम्रो ब्रेकअप भएर खत्रा तरीकाले बैराग्गीएर दारी पालेको हो कि झै लाग्या थ्यो। तर अहिले तिमि पूरा हरियाली भएर मस्त जवान देखिन्छौ। लौ मैले कुनै मेसो पाउन सकिन । कि तिम्रो जवानी आकै छैन । कि तिमि बुढो भै सक्यौ। लौ न केहि त बोल । तिम्रा हाँगामा कति चरा हरुले गुड लगाए कति ले अन्डा पारीवरी बचेरा हुर्काइवरी छु मन्तर भै सके । यो सब देख्दा तिम्लाइ कुनै रहर लाग्दैन ।ति चरा हरु को एकान्त बास,तिनिहरुको गोप्य प्रेमिल मिलन हेर्न तिम्लाइ लाज लाग्दैन ,मनमा कस्तो कस्तो भएर बेटा मनमे लड्डू फुटा भन्ने हुँदैन । सधै सधै एकै स्थानमा एकै तरिकाले गजधुम्म परेर बस्दा तिम्रा खुट्टा निदाउँदैनन्। यति अग्लो छौ पर पर को दृष्य देख्छौ,हो त्याहा पर पर गएर डाँडा को टुप्पा मा बसेर हावा को सर्को सँगै सूर्य चुरोट को धूँवा उडाउन मन लाग्दैन । ए साँच्ची माथी त्रिशूली बजार को सानो होटलमा तिम्लाइ बारा खान र शुद्ध लोकल मा ड्यू मिसाएर खान मन लाग्दैन । खै तिम्रा दुइ जना साथीहरु मेरा जस्तै जो म सगै बारा खान जान्छन्। कि तिम्रा साथी छैनन्। बोल हो,ए सिमल सोल्टी केही त बोल ।
      ए साँची तिम्री मायालु हुदि हुन त कस्ती हुदिहुन हँ । मेरी जस्तै हल्का मोटी चिटिक्क परेकी प्राय जसो म सँग रमाइलो झगडा गरि रहने तर एकै छीनमा फेरी मिल्ने मलाइ एकदम माया गर्ने बिहान उठ्न भनेपछी लास्टै ल्याङ् गर्ने सेलरोटी पकाउन नजान्ने स्कूटर बडो पर्फेक्ट पारामा कूदाउने र हालसालै जागीर खान थालेकी र मलाइ एक मिनट पनि समय नदिने इत्यादी। हो एस्तै हुन्थिन कि कस्ती हुन्थिन हँ तिम्री मायालू। ए सिमल भन त ।
      ए सिमल तिम्रा बा आमा कता छन्। साँचि तिमि सानो छँदा तिम्लाइ तिम्रा बा ले पुरा भकुन्डो हाने झै लात्तले हाने हानेनन्। तिमि सानोमा कुन स्कुल पढ्थ्यौ। सानो मा तिम्रा साथी को को थिए ।लौ न केहि त बोल। के तिमि म सँग नबोल्ने नै हो । हावा सँग त मज्जाले गफ गर्छौ त मैले इनै कानले सुनेको । म सँग चै किन नबोल्या ।


अहँ सिमल बोलेन मरिगए बोलेन । म मात्र पागल झै एकोहोरो बोलि रहेछु। सिमल बोलेन। सायद म सँग गम्भिर ढँगले रिसाएछ क्यारे । अब फकाउने अर्कै तरिका खोज्नु पर्ने भो ।

This is the property of the writer. No body can copy any things from here without permission is Gilligan.