Friday, July 12, 2013
Thursday, July 11, 2013
सुमन गुरागाइ (दाजु) को कबिता
कुकुरहरु
भुक्न थाले,
हल्लाखल्ला बढदै छ,
पट्याक पुट्टुक
आवाज सुनिन थालो,
शायद
आज फेरी
रगत
को भेल बग्ने छ,
आमा
रुने छिन् , बुहारीहरु बिधवा
हुने छन्,
छोरीहरुको इज्जत
लुटिने छ,
बिचरा
मेरी आमा;
आज
सम्म पनि
यही
कुरा फत्फताउछिन्,
तिनै चिन्ताले
खुट्टा लर्बराउछिन्,
मुटु
फुलाउछिन् ।।
जरा गाडीसक्यो
अब त निकाल्न धेरै गाह्रो छ,
यहाँ
त हजुर रगत चुसी
ढाडिने उडुशहरुको रजाइ छ,
चुसी
सके मात्र अब
त अस्थिपन्जर बाँकी छ,
यस्तै
मा अढेको
मेरी आमाको एक मुट्ठी सास बाँकी छ,
नरोउ
आमा केही
फाईदा छैन यहाँ रोएर,
बरु
हिड बिन्द्राबन
जाउँ त्यहाँ बाँच्नुको मज्जा अर्कै छ ।।
सुनेको
थिए कल्पना
जस्तो लाग्दथ्यो तर आज भोग्दैछु,
बानी परिसक्यो, रहर मरिसक्यो, यस्तैमा बल्ल
जिउन सिक्दैछु,
अचम्म पर्दैछिन्
उनै आमा, उनलाई
गाह्रो भयो सास फेर्न,
जादै
छिन् चाडै
मेरी आमा उनको सपनाको सुन्दर शहरमा,
उनको
सुन्दर महलमा, उनको सुन्दर
पहिचानमा,
जादै
छिन् उनी
छोडेर धेरै टाढा धेरै टाढा धेरै टाढा ।। ।। ।।
सुमन
गुरागाँइ
तम्फुला तेह्रथुम
हाल कोटेस्वर काठमाण्डौ
Subscribe to:
Posts (Atom)

