Wednesday, August 7, 2013

साँइलो

 साँइलो
कहिले यता फर्कन्छ कहिले उता
रातको १ बजी सक्यो
आँखा काँचै छन् अझै
यसो भित्ता तिर फर्कन्छ
एउटी नव दुलही
मस्त छिन निद्रामा
जुरुक्क उठ्छ
पानी घट घट पिउँछ
सुत्न खोज्छ
फेरी पनी उस्तै
आँखा अगाडी झलझली आउँछन्
सात दिन अगाडी
सुट बुटमा सजिएर
बाजा बजाउदै
पल्लो गाउकी मायालुलाइ
घर भित्राएको
अनी आफ्नो पासपोर्टमा
उर्दु अक्षरमा
कुन्नी के लेखेर
लागेको छाप
बिहानै भोली
भाले लाइ जितेर
बाइरोडको बाटो नाप्दै
जानुछ ठुलो जाहाज चढेर
हिसाब गर्छ
एक बराबर तिस कसो नहोला
अनि मख्ख पर्छ भित्र भित्र ।

आज ६ महिना लाग्यो
साइली एक्लै सुतेको
खै कुन्नी त्यो परेवा लाइ के भयो
एक पटक पनी आएको छैन
खबर लीएर
उ आँखा चिम्लन्छे
टाउको तल घुँडामा राखेर
टुक्रुक्क बस्छे
एक थोपा आँशु
नाको टुप्पो बाट तल खस्छ माटोमा
अइया
एक्कासी कराउछे
कस्तो रैछ यो औठी पनी
कती सारो घोच्यो
साँझ पर्छ
पारी पाखामा
हाप्सीलो कराउछ एक तमास ले
अनी पर्तीर खोल्सामा
ब्वासो पनी
दुबै हात पेटमाथि राखेर
उम्रदै गरेको नाजुक बिरुवा जोगाउछे
तन्द्रामा  पर्छे
बिस्तारै कानमा कसैले फुसफुसाउछ
आमा म मेरो पासपोर्टमा
कस्तो सही गरौ?
नेपाली मा की अँग्रेजीमा?
झल्यास बिउझन्छे आतीदै
हात फ्याक्दा भित्तामा ठोकीएर
उसका राता चुरा फुट्छन्
झर्यामझुरुम्म...
This is the property of the writer mr Anil Ghimire.No body can copy any things from here without permission is Gilligan.

No comments:

Post a Comment