Friday, July 5, 2013

थाहा छ? युग परिबर्तन हुदैछ।

थाहा छ?
युग परिबर्तन हुदैछ।
प्रकृती को पनी अनी
समाज निर्मीत नियम पनी
परिबर्तन हुदैछ ।

गुराँसको रातो फूल फिका हुदै छ
अब त बाँसमा फूल फूल्न थालेको छ
सायद अब फल लाग्न नी के बेर
थाहा छ?
युग परिबर्तन हुदैछ।

हामी कता जाँदैछौँ ?
पुर्खा ले बनाएका नियम मिचेर
परिबर्तन को नाममा
समाज ध्वस्त पार्दै छौ
थाहा छ?
युग परिबर्तन हुदैछ।

सगरमाथा पेन्सन पकाएर
फर्कदै छ आफ्नो घर टेथीस सागरमा
डाइनोसरका बचेका डियनए
मुस्कुराउदै छन् पृथ्वीको गर्वमा
थाहा छ?
युग परिबर्तन हुदैछ।

पृथ्वीले आफ्ना माकुरे बच्चाको
पेट भर्न नसक्ने भएको छ
उसलाइ अर्बुद रोग लागेको छ
महत्वपूर्ण अङ्गमा
सायद अब उ कीमो थेरापी गर्न
जाँदै छ अन्तरीक्षमा
थाहा छ?
युग परिबर्तन हुदैछ।

हरेक युगमा
नाम बदलेर भुभार हर्न आउने
भगवान पनी साउद अब थाके क्यार
अब कोही आउने वाला छैन
थाहा छ?
युग परिबर्तन हुदैछ।

अब चाँडै नै
सुन्तलाको रुखमा आँप फल्नेछ
अनी आगो चिसो र पानी तातो हुनेछ
चील अनी गीद्धको राज हुनेछ
थाहा छ?
युग परिबर्तन हुदैछ।                                    ©अनिल घिमिरे २०७०।०३।२१ फत्तेपुर सप्तरी नेपाल ।


No comments:

Post a Comment