Saturday, July 6, 2013

आकाश रोएको दिन

आज आकाश रोएको छ,
अनी धर्ती हाँसेको छ
यो सँसार यस्तै छ
कसैको आँशु,
कसैका लागी हाँसो बन्छ याहाँ ।

रुवाइ त मानिसको सुरुवात हो
धर्तीको दर्शन गर्नासाथ रुन्छ उ
सायद सुन्दरता देखेर
या त भोली देखेर।

आज धर्ती हासेको दिन
उ सँगै सबै खुशी छन्
तृप्त हुने गरी आकाशको आँशु
सबैले पिउन पाएका छन् ।

घामले बैश देखाउदा
दुलो भित्र पसेर लुक्ने खोल्सा खोल्सी आज
छाती फुकाएर बैश देखाउदै छन्
बेगीदै छन् दक्षीण तीर
बँगालको खाडिको न्यूमूर लाइ उचाइ दिन ।

हे उत्तर तर्फ की त्रीयुगा मैया,
आज त तीमी पनी उन्मत्त छौ बैशले
धेरै उन्मत्त नहोउ अनि नहोउ अन्धी बैशले,
बाटो नबिराउ खुशीले
तिमिले बाटो बिरायौ भने
तिम्रो त इज्जत जाने छ
तर यहाँ हाम्रो ज्यान जान के बेर
बुझ ज्यान भन्दा इज्जत ठुलो हो
इज्जत गए हजारौ पटक मर्नु पर्छ

तसर्थ जोगाउ है आफ्नो इज्जत।।।।।। ©अनिल घिमिरे २०७०।०३।२२ फत्तेपुर सप्तरी नेपाल ।

1 comment:

  1. Great yaar
    so I always persuade you to write
    I just wanna say agin Keep writing mate

    ReplyDelete