घाम
उस्तै छ तातो
हावा
चल्दै छ उसै गरी
उचाइ
उही छ हिमालको ।
तर
उनका पोटीला गालामा
सयौ
मुजा परी सके ।
ढाड
गाण्डीब जस्तै बनी सक्यो
त्यो
घँगरुको लठ्ठी
अलिकला
पनी खिइएको छैन
तर
उनको जवानी खीइ सक्यो
खीया
लागेको हलोको फाली जस्तै
औला
भाँच्दै गन्दा सायद
सबै
औंला भाँचिन्छन् होला
धेरै
पटक फलीसके आँप
त्यो
मुन्तिरको रुखमा
तर
उस्तै छ उनको
बेसार
लागेर रंगीएको सारी
अनी
राधेश्याम लेखेको बर्को
दश
घोगा पोलेका मकै
एकै
सासमा सक्ने उनका दाँत
गोबरमा
पोको पारेर
कटी
सके पालीको धुरी
सायद
ती सालीग्राम पनी अब
मैला
भै सके होलान्
बिजुलीको
गतीमा कुद्ने
रेलगाडी
बनाउछौं भन्ने
गफाडी
हरुलाइ के थाहा
उनले
ती सबै भोगी सकिन्
बर्मा
बाट आउदा
सायद
मध्यरातमा
भित्ता पट्टी छाम्दी हुन
कतै
नाती ले ओछ्यान त बिगारेन
तर
खाली
उनालाइ
के थाहा नातीका
पखेटा
पलाइ सकेका ।
सायद
पल्लो ओछ्यानको
रातभरको
घुराइ अनि खोकाइ
अझै
कानमा गुन्जदा हुन्
सम्झदी
हुन ती सबै
धुवा
बनेर उडे
उनका
राता चुरा फुटे सँगै
चारमाने
भड्डुमा
भात
भर्साएको धेरै भएको छैन
तर
आज माथी बुइकलमा
माकुराको
घर भएको हेर्दी हुन्
आफ्नै
मीहीन कला
पुरानो
फाटेको सुकुल मा बसेर
नङ
ले कोट्याउदी हुन् हिजो लाइ
अनी
अनायसै भरीँदा हुनु आँखा
आँशु
खस्न छाडी सके अब
जानी
सकिन् यीनको कुनै महत्व छैन
आँशु
खसाल्नको महत्व तब हुन्छ
जव
पुछीदिने कोही साथ होस्
अब
त सायद एक्लै बस्दी हुन् धुमधुम्त
१०८
तुलशीका माला गन्दै ।।। ©अनिल घिमिरे फत्तेपुर
सप्तरी २०७० साउन ७ गते

No comments:
Post a Comment