https://nepaltouch.com/news/2004/09/2020
जब देखी मैले मेरो धड्कन को महशुश गरें, तब देखी म पनि यो संसारको एउटा जिबित प्राणी हो भनेर महशुश गरें । त्यो बेला म कम्ता कुरुप त थिइन नी ,अहिले सम्झदा पनि लाज लागेर आउछ । मान्छेको बच्चा हो या अरुको नै हो शङ्का पो लाग्थ्यो । बिस्तारै मेरा हात ,खुट्टा अनि अरु सम्पुर्ण अँग हरु पलाउँदै गए तब मात्र मलाइ खुशी लाग्यो म पनि एउटा मान्छे हुँ, प्रकृतीको एक सुन्दर सृजना । जब मेरा आँखा बिकसित भए तब त मेरा खुट् टा भुइँमा नै रहेनन् । म भित्र बाटै बाहिरको सबै थोक हेर्न सक्ने भए । आमा घाँस काट्न बारीमा जाँदा हरीया मकैका बोट देखेँ, अनि बाख्रा लाइ बकाइनाका डाला भाँच्न तन्कदा आमाको पेट रुखमा आड लाग्दा एउटा रोटे कमिला मेरै नाक छेउबाट आँखा तर्दै गएको देखेँ,सातो पुत्लो उड्यो । मलाइ अब यो सँसार सानो लाग्न थाल्यो । म बाहिर को त्यो रँगीन अनि बिशाल दुनिया हेर्न आत्तुर हुन थालें । अनि बेला बेलामा भित्र भित्रै खुशी भएर नाच्दा आमा डराउँदै बज्या भित्रै त यसो गर्छ बाहिर आए पछि त कती पो दुख दिने होला यसले भनेर मुसुक्क मुस्काउदा मलाइ औधी लाज लाग्थ्यो ।
जब म आमाको गर्भ बाट बाहिर निस्किए, बाहिर कति चिसो भयो त्यो त मलाई मात्र थाहाछ । बाफ् रे भित्र को त्यो न्यानो पन । न कसैले छुन नै सक्थे, न त लिबिस्टक लगाएका ओठ ले नै मलाइ प्यारो नाती,भदा,भाइ,भान्जा भनेर मेरा गालामा दुख्ने गरी म्वाइ खान्थे । बाहिर निस्कने बित्तिकै को चिसो ले मलाइ यति धरै पिडा दियो कि सहन नसकेर म त रुन पो थालेँ । आँखा अझै राम्ररी खुलेका थिएनन् । आफैले बल गरेर खोल्न पनि मलाइ लाज लाग्यो, सबैले हैन यसलाइ कति हतार लागेको भन्छन् कि भनेर । भोक ले पेटमा मुसा दगुर्न थालेको थिए भोक लाग्यो भनेर अहिल्यै बोल्यो भने त खत्तमै हुन्छ, अब परो फसाद ,के गर्ने मेरो पालो रोइ दिन थाले । आमाको तातो दुध मेरो पेटमा परे पछि आनन्द भयो अनि निदाइ दिएँ । काम नै के पो थियो र मेरो त्यो बेला ।
भित्रको एउटा सानो सँसार थियो मेरो , भित्र बाट बाहिरको सबै कुरा देखे सुने पनि उनिहरुले मलाइ छुन सक्दैनथे । तर अब त त्यस्तो अबस्था थिएन । हजुर आमाले मलाइ घाम मा उत्तानो पारेर सुताउनु भो अनि तोरीको तेल मेरो जिउ भरि नै दल्न थाल्नु भो । छ्या जिउ भरी तेल लागेर मलाइ त कस्तो सिकसिको नै लाग्यो , तै पनि सहि रहे । अचानक मेरा आँखा थोरै खुले ,यसो माथी आकासमा हेरेको त बाफरे आँखा नै तिरीमिरी हुने गरी घाम पो देखिए । हत्त न पत्त आँखा चिम्लिएँ । हैन यो आमाको पेट भित्रबाट घामलाइ हेर्दा त यति सारो तिरमिर हुदैन थियो त।
म एक दुइ गरेर दिन गन्न थाले सायद म यो संसार मा आएको छैठौ दिन थियो होला । मध्य रातको समय थियो । झ्याल को चेप बाट बाहिर पुर्ण चन्द्र मलाइ चियाएर हेरी रहेको थियो । मलाइ मेरै साइजको तोरीका दाना हालेर बनाएको सानो चिटिक्कको सिराने अनि सिरक ओडाएर गुम्स्याएर राखिएको थियो । मलाइ निद्र त्यति परेको थिएन । छेउमा आमा स्वाँ स्वाँ गरेर मस्त निद्रामा हुनु हुन्थ्यो । सायद त्यति लामो समय सम्म मलाइ पेट भित्र राखेर बोक्नु परेको बोझ हल्का भएको ले होला या अरु नै के हुन सक्छ । मेरो नाकको हालत त्यो ज्वानो को गनाउने गन्ध ले खराब पारी रहेको थियो । छ्या यस्तो गनाउने चिज पनि कसरी पिउन सक्नु हुन्छ मेरी आमा ले । म के के सोच्दै थिएँ अनि अलि अलि झकाउन थालेको थिए.. । अचानक कसैले ढोका उघार्यो..कुँइक्क.. मलाइ निकै डर लाग्यो । सम्झे हैन मेरी हजुर आमा पनि अचम्मकी मान्छे गाँठे, मेरो जिउमा चाँहि दुनिया दारी तेल घस्न मिल्ने यो ढोकाका कब्जा मा पनि अलिकति लगाइ दिएको भए त यस्तो आवाज पनि त आउने थिएन अनि मेरो निद्रा पनि त यस्तरी बिग्रने थिएन ।
म निदाए जस्तो गरेर आँखा यसो अलिकति उघारेर चियाउन थालेँ । तिन चार जना जति मानब जस्ता देखिने आकृती मेरै नजिक आउन थाले । मेरो हँस ले ठाउ छोड्न थालो । र पनि तिनिहरु लाइ हेर्न थाले । खासखुस गर्न थाले ..
एक जना अलि सुन्दर देखिने स्त्री मेरो टाउको निर आइन् अनि मलाइ हेर्दे भनिन्...साथि हो हेर त केटो को निदार त कति ठुलो ।
अरु सबै जना नजिकै आए र हेर्न थाले । हो हो कस्तो राम्रो रैछ ।
तर के गर्नु हामि लाइ माथि बाट जे आदेश आएको छ त्यसको पालना त गर्ने पर्छ ।
ति नाइके जस्ती देखिने स्त्री ले अलि हतार गरे जस्तो गरीन् र भनिन्.. केटी हो छिटो त्यो झोला बाट मुजुर को प्वाँख र मसि निकाल त । ज्यादा ढिला गर्न हुन्न । फेरी रात कट्यो भने त सब खत्तम हुन्छ । उसका सहयोगी हरु ले फटाफट झोला खोतले अनि एउटा मुजुरको प्वाँख र एउटा मसिको सिसा निकाले । तिनले हातमा प्वाँख लिइन् अनि मसिको भाँडो मा चोबेर मेरो निधारमा कुन्नी के लेख्न थालीन् ।
मेरो निधारमा कम्ता मात्रै काउकुती लागेन , हाँसो मुखै सम्म आएर रोकियो । निधार चिलाउन थाल्यो । मलाइ खपि नसक्नु भयो । म यसो निद्रामा कोल्टीए जस्तो गरेर हल्लीएँ । तिनले लेख्दै गरेको प्वाँख हल्लीयो ।
हत्त न पत्त तिनले प्वाँख माथि तानिन् र जिब्रो टोक्दै भनिन् लौ खत्तम भो ।
अरु सहयोगि हरु पनि नजिकै आएर हेर्न थाले अनि जिब्रो टोक्दै भन्न थाले ..लौ अनर्थ भयो । अब के गर्ने होला माथि प्रभुले हामि लाइ पक्कै पनि कारबाही गर्नु हुने भयो ।
म सोच्न थाले सायद यसरी जन्मेको छैठौ दिनमा राती आएर मेरा निधारमा के र के लेख्ने यी को होलान् ।
हैन मेरो निधार के कुनै खाली कापी हो र जे लेख्न नि मिल्ने । मलाइ भोँक चलो ।
ति नाइके जस्ती देखीने स्त्री डराउँदै साथी हरु सँग भन्दै थिइन्...हेर अब हामी लाइ यस्तो क्षमा नै गर्न नमिल्ले गल्तीको लागी प्रभुले पक्कै पनि ठुलै कारबाही गर्नु हुने भयो, सायद हामी सबै भाबी डिपार्टका कर्मचारी लाइ अन्तै सरुवा गर्नु हुने भयो ।
बाफ् रे... भाबी रे... लौ यीनिहरु त मेरो भाग्या पो लेख्न आएका रैछन् त... म चुपचाप बसें र तिनिहरुका कुरा सुन्न थाले । यसो निधार तिर हेर्न थाले , के को देख्नु निधारमा आँखा ले देखिने भए पो । आ जे लेखे नि लेखुन् अब मैले केही भनेर अर्के कुरा लेख्ने हैनन् ।
तिनले एक पटक खुइ काडीन् र अझ थपिन्, तर साथी हो यो भाबी हुने काम पनि सारै अपझसिया काम हो । केही भयो भने खाली भाबी ले यो लेख्यो र त्यो लेख्यो भनेर हामी माथी नै दोस दिन्छन् । लौ ठिक छ, हामी भाबी ले भाग्य लेखिदियौ रे..यसको मतलब यो मात्र होइन की सबै दोश हामी माथी नै थोपरीयोस् । नचाहिने । तिनी रिसले रातो भइन् ।
हैन हामी जस्तै त्यो परिस्थीति बिभाग पनि छ नि । त्यस लाइ चाँही कसैले केही नभन्ने । उसले गरेको चाँही सबै ले स्वीकार्ने हामी लाइ मात्र दोश लगाइ राख्ने ।
उनि अझ रोकिएकि थिइनन्, अझ रिस पोख्दै थिइन् । टुक्रुक्क बस्दा एउटी अलि बुढी बुढी खालकी स्त्री का खुट्टा दुखेछन् क्यार तिनी एउटा हात टेकेर जुरुक्क उठिन् अनि खुइयय गर्दे छेउको सोफामा बसिन् ।
यता ति भाबी बिभागकी हाकिम जो हातमा प्वाँख लिएर बसेकी थिइन् तिनको रिसको पारो अझै सेलाए जस्तो थिएन, अझै कराउने मुड मा थिइन् ।
फुर्ती गर्छन् साला अरु बिभाग का हाकिम हरु ,,कत्ति न सबै गल्ती हाम्रो मात्रै हो जस्तो गरेर ।
त्यो अबसर बिभाग नि ,,कस्तो छ त्यहाको हाकिम भनाउदो ,,अलच्छीनि भुँडे । हेर्दे घुस्याहा जस्तो । लो ठिक छ हामी ले जे माथी बाट अह्राएको छ त्यहि लेखौला तर त्यसले पनि हामी लेखेको हेरेर काम गर्नु पर्यो नि त । हामी ले राम्रो लेखेका कति निधार मा मुजा परेर पसिना बगेका अनि , मसि नै मेटिने गरी नाम्लो को डाम लागेको त तिमि हरु ले नि देखेकै छौ नि त ।
एउटी सहयोगी स्त्री ले हो मा हो मिलाउदै भनिन्.. हो हुन त ।
अनि ,, अनि हामी लाइ मात्र दोस लाउने त....मर्न नसकेको असती हरु ।
ति अझ आड पाएर चर्कन थालीन् । तिनको चर्काइ सुनेर म त आमा नै बिउँझिनु हुन्छ कि जस्तो लाग्यो । तर उहा लाइ अगि नै तिनिहरु ले खै कुन्नी के हो नाकमा सुँघाइ दिएका थिए अनि त आमा झन घुर्दे पो सुत्नु भयो ।
मेरै आँखा अगाडी मैले नराम्रो लेखेका कति मान्छे हरु आज हेर त कहाँ पुगेका छन् । अझ हामी लाइ नै दोस,,,मलाइ लाग्छ त्यो अबसर बिभागको हाकिम लाइ चाँही जेल नहाली हाम्रो प्रशासन मरी गए नि सुध्रदैन ।
तिनको रिस अलि मत्थर भए जस्तो भयो ।
यत्तिकै मा अगि उठेर माथी सोफामा बसेकी अलि बुढी जस्ती मोटो पावर वाला जस्तो चस्मा लगाएकी स्त्री बोलीन्
रिसानी माफ हुने भए म केही कुरा गरौ हजुर ।
ति नाइके स्त्री कराइन् भन् अब तै चाँही बोल्न बाँकी थियो तँ पनि बोल ्
तिनले भनिन् हैन हजुर हरु यतिक समय सम्म गलफती गरेर बसिबक्स्या छ कुरा के हो मैले त बुझ्न नै सकिन । माथी फर्कन अलि ढीला भए जस्तो लाग्यो मलाइ त ।
ति नाइके स्त्री अझ पड्किन् र भनिन् आइज न त मुर्दा तै हेर यहा यो निधारमा के लेख्नु पर्ने के लेखिएछ । आफु लाइ आज भोलँी दुनियाँ भरको तनाब ले गर्दा काममा एकाग्रता नी हुन्न अनि एउटा काम गरौ भनो अर्के हुन्छ । आइज ताँ आफै हेर ।
ति बुढी स्त्री अनकनाउन थालीन् प्रभु म...
ति नाइके स्त्री अझ पड्कीइन् हैन हेर्ने नै मन भएको हैन तँलाइ ,,लौ चाँडो आएर हेर
ति बुढी स्त्री उठेर आइन् र मेरो नाकै नीर तिनको चस्मा ल्याएर निधार हेर्न थालीन् ।
अनि नाक खुम्च्याउँदै उठिन् ।।
फेरी ति नाइके स्त्री कराउन थालीन् हेरीस् हैन त देखिस् होला नी के हुनु पर्ने थियो अनि के भयो ।
ति बुढी स्त्री अकमकाउदै बोलिन्...प्रभु मलाइ के पढ्न आउँछ र देख्नु ।
ति बुढी स्त्री ले पढ्न जाने पनि नजाने पनि मैले तिनको चस्मा मा मेरो निधारमा लेखिएको भाग्यको प्रतिबिम्ब देखि सकेको थिएँ । म आफुले आफुलाइ नै प्रशँसा गर्न थाले ,,मैले मेरो भाग्य आफै लेखें,, भाबी लाइ नै अर्के कुरा लेख्न बाध्य पारेँ ।
माहोल गम्भीर भयो , सब चुपचाप थिए । त्यतिकै मा ति बुढी स्त्री बोलीन् प्रभु आखिर यो मसि सुकेको छैन, त्यो कपडाले पुछेर फेरी लेखौन ।
ति नाइके स्त्री ले बुढी स्त्री तिर फर्के र हेरीन् अनि मुसुक्क मुस्काउदै भनिन्,, यस्ले पनि कहिले काँही त राम्रो कुरा गर्छे । खै ले त त्यो कपडा ।
मेरो मुटु ढुकढुक गर्न थाल्यो अब कसो गर्ने होला । तिनले नराम्रो भनेर लेख्दै गर्दा म हल्लीएर न मा मसि लतपतिएर बुझ्नै नसकिने भएको थियो । अब मेरो निधारमा राम्रो मात्र लेखिएको थियो । जुन शब्द मैले ति बुढी स्त्री को चस्मामा देखेको थिए ।
तिनले कपडाको टुक्रा हातमा लिएर मेरो निधारमा मात्र के पुर्याउन लागेकी थिइन्,,,,बाहिर अचानक तल्लो घरको भाले बास्यो,,,कुखुरी काँ.........................
तिनले मेरो निधार पुछ्न नपाउदै आत्तिएर हात माथि तानीन् अनि अतालिदै बोलिन्....लौ बरबाद भयो उज्यालो पो हुने बेला भएछ अब त अब त जे लेखे पनि सकियो अब केही गर्न मिल्दैन ।
मलाइ ढुक्क भयो । मैले आफैले आफ्नो भाग्य लेखेको थिए । अब बाँकी थियो त केबल परिस्थित र अबसर को सामना गर्न ।
This is the property of the writer. No body can copy any things from here without permission is Gilligan.

No comments:
Post a Comment