Monday, March 10, 2014

म र मेरो आत्मा

मेरे हम सफर ,
मेरे हम सफर ,
मेरे पास आ मेरे पास आ,।।।
इयरफोन बाट लाउड साउन्डमा रोमान्टीक गीत सुनि रहेको बेला कसैले भित्र बाट ढोका ढक्ढक्यायो, टक टक,
मेरो एकाग्रता हट्यो, साँझ साँझको समय, किचनमा दुध तताइ रहेको थिएँ, अचानक यस्तो आबाज सुन्दा डर पनि लाग्यो ।
आँट कसेर बोले , को हो ?
आबाज आयो म ।
को हो म भन्ने ?
फेरी आवाज आयो म क्या तिम्रो आत्मा , तिम्रो शरिर भित्र बाट बोलेको ।
तिन छक्क परेँ । हैन दुनियाँमा नभएको घटना मलाइ भएको हो या त म साँच्ची नै पागल हुदैछु । खुट्याउन सकिन ।
मैले सोधेँ, क्या यार गफ दिने , कतै आत्मा पनि बोल्छ र । आज सम्म सँसारमा नभएको घटना। फेरी त्यहा माथी अस्थीत्व नै नभएको वस्तु मा मलाइ कत्ति पनि बिस्वास छैन।
उता बाट आबाज आयो, बाबु तिमी लाइ केही कुरा को ज्ञान दिन मन लागेर म बोलेको हो, बोल्नै पर्ने अबस्था आयो अनि बोलेको । फेरी हामी आत्मा सधै सबै सँग यसरी नै बोल्ने हो भने सँसार मा हाम्रो के अस्थीत्व रहला अनि , अनि सम्पुर्ण मानबको र दुनियाँको पनि ।
हामी जुद देहमा बास गर्छौ त्यो देहले जे गर्छ त्यो टुलुटुलु हेरी रहन्छौ, कहिले त दया पनि लाग्छ कहिले रीस पनि उठ्छ तर के गर्ने हामी ले पनि त हामी लाइ नियन्त्रण गर्ने ले बनाएको कानुन पालना गर्नै पर्छ ।
मलाइ अब चाँही केही बिस्वास पलाउन थाल्यो की सँच्चै नै यो अद्दृस्य आवाज पक्कै पनि मेरो आत्मा को नै हुनु पर्छ । मेरो डर अब हराउन थाल्यो, आफु भित्र नै लुकेर बस्ने आफ्नै आत्मा सँग बोल्न आँट आउन थाल्यो ।
मैले सोधेँ किन बोल्नु भा त म सँग, केही काम पो थियो कि?
उसले भन्यो छ नि तिमि ले आफ्नो अस्थीत्व बिर्सन थाल्यौ ।
मलाइ अलि रिस उठ्यो, तपाइ बाट सिधै तिमी मा आएर भने हैन तिमिले भन्न खोजेको कुरा चाँही के हो? कसरी मैले त्यासो गरेँ ?
उ बोल्यो ल भन तिमी किन यो सँसार मा आयौ ?
आफू कस्तो रोमान्टीक मूड मा गीत सुनि रहेको थिए एक्कासि आउने र डिस्टर्व गर्ने अनि अझ यस्ता बेतुके सवाल गर्ने मन मनै मुर्रमुरिए, तै पनि आत्मा ले नै सोधे पछि त उत्तर कता नदिनु । 
र पनि टर्रो पारामा जवाफ दिए खै म के जान्नु नी , जसले पठाएको हो उसै सँग सोध्नु नि किन भनेर, मलाइ के थाहा नि ।
उ मलाइ सम्झाउदै बोल्न थाल्यो 
महाशय, त्यसरी बिच्किनु पक्कै पनि राम्रो हुदैन । कुराको गहिराइमा नपुगी सतही ढंगमा बुझेर नतिजामा पुग्नु मुर्खता हो । सँसार के हो , देहको अन्तिम उद्देस्य के हुने त्यो पहिला बुझ्नु जरुरी हुन्छ । हुन त म जुन देहमा अहिले बास गरी रहेको छु त्यो तिम्रो देह ले धेरै कुरा बुझी पनि सकेको छ मैले ज्यादा बुझाइ राख्नु जरुरी नहोला तै पनि म केही कुरा सम्झाउन खोज्दै छु । सायद यो मेरो लागी गम्भीर भूल पनि हुन सक्ला। मैले अगाडी नै भनि सके अहिले म तिम्रो देहमा छु, थाहा छैन कहिले सम्म तिम्रो देह रहन्छ त्यस पछी त म पनि निस्कीएर फेरी अर्को देह को जोहो गर्न तिर लाग्नु पर्छ । 
हामी मा माया प्रेम भन्ने कुराको खासै असर हुदैन अझ भनौ हामी यी मामलामा अघोरी नै भै सकेका हुन्छौ। तर तिम्रो देहमा बसे देखी किन किन निकटता बढी रहेको छ । र देखेको कुरा अनि अप्रत्यक्ष रुपमा भोगेको पनि हो जब कोहि प्रती निकटता बड्छ, उ प्रति फिलिङ्ग आउने रहेछ । र यो प्रकृया बड्दै गएमा छुट्नै नसकिने एक बन्धन बनिने रहेछ ।
एक लामो खुइइय को आवज सुनियो । म यी कुरा सुन्दै गर्दा एक अनुशासित बिधार्थी झैँ एकाग्र भएर सुनि रहेको थिए ।
अनि म बोले त्यस पछि के हुन्छ नी? अब मलाइ आत्माका कुरा अझ बडी सुन्ने उत्सुकता जाग्न थाल्यो ।
उ बोल्न थाल्यो हेर तिमी ले बुझेको सँसार र हामी ले बुझ्ने गरेको सँसारमा आकास जमिनको अन्तर छ । जे तिमि बुझ्छौ त्यो सायद म नबुझुला अनि जे हामी बुझ्छौ त्यो बुझ्न तिम्रो बस मा छैन । यतिका दिन सम्म म तिमि भित्र रहेँ तिमी लाइ नियाले तिम्रा दुख सुख मा साथ दिए । तिमि हाँस्दा म हाँसे सायद तिमि रुदा म पनि रोएँ , जो मैले गर्न नहुने थियो । सायद अब पनि म तिमि भित्र नै बसि रहे भने म तिमि प्रति ज्यादा नै एट्याच्ड हुन्छु होला जो हुन नहुने हो । तिम्रो भित्र बस्दा म कति सफा भए भन्ने कुरा मलाइ नै मात्र थाहा छ । अर्को शरिर बाट तिम्रो मा आउदा म मैलो थिए सायद तिम्रो शुद्द देह अनि निस्चल मन ले मलाइ पनि सफा बनाइ दियो । म तिमि प्रति ज्यादा नै अकर्षित हुन थाले यदि अझै पनि तिमि सँगै रहे भने म र तिमि बिच छुटाउन नसकिने बन्धन बन्छ जो गलत हुन जान्छ ।
तसर्थ मैले तिमि लाइ छोडेर जाने निर्णय गरे को छु त्यहि कुरा सुनाउन मात्र बोलेको हो ।
म के गरौँ कसो गरौ भएँ । अनि भने हैन अनि जाने भए जानु नी त के मलाइ सुनाइ राखेको नी ।
उ बोल्यो तिमी धेरै नै बुद्दु रहेछौ , मैले तिमी लाइ छोडेर जानुको अर्थ थाहा छैन ।
म झसंग भए । र भने क्या यार तिमि पनि जोक गर्छौ मेरो त जिन्दगी को बल्ल सुरुवात हुदैछ , अझ कति थोक गर्नु छ कहाँ तिमि अहिल्यै छोडेर जाने कुरा गर्छौ ।
उ बोल्यो हामी नियम पालन गर्न मा पछाडी हट्नु हुदैन, यदि हट्यौ भने त्यो प्रकृती को खिलाफ हुनेछ , र त्यस्तो कार्य ले परिबर्तन लाइ रोक्ने छ ।
मलाइ खपि नसक्नु गरी रिस उठ्यो तै पनि म के नै पो गर्न सक्थे र सिवाय आफ्ना भावी योजना सम्झन बाहेक, 
एकै छिन आँखा चिम्म पारे अनि सम्झे ,
कालीगन्डकी को किनारमा बसेर प्रकृती ले कुँदेका सिला को गट्टी खेल्ने प्लान,
भर्खर टुसाउदै गरेको मायाको बिरुवा मा मलजल गरी हुर्काउने प्लान,
हकिन्स को मन ले देखेको ब्रम्हान्डको सयर गर्ने प्लान,
अरु प्लान कति कति ,,,,
अहिले दिमाग मा भिज्वलाइज नै भएनन् ति सबै प्लान ।
सब चौपट,
फेरी एक पटक आत्मा लाइ रिक्वेस्ट गर्न मन लाग्यो,
र सोधेँ हैन किन यति हतार तिमिलाइ मलाइ छोडेर जान ?
उ बोल्यो मैले अगी नै भनि सके म नियम तोड्न सक्दीन, जे हुन्छ प्रकृती को नियम बमोजिम नै हुन्छ ।
रुन्चे स्वरमा फेरी रिक्वेस्ट गरेँ , प्लीज अब केही समय बस न ।
उ बोल्यो नाइ हुन्न अब अबेला हुन लागी सक्यो । अब पनि म हिडीन भने ढीला हुन्छ ।
म नभएको ले उता कोही रुन सकिरहेको छैन, अनि उ नरोएको ले गर्दा अरु रोइ रहेका छन् ।
मन मनै सम्झे, जाउ जाउ कसैलाइ अहिले रुवाउ ताकी अरु हाँस्न सकुन् । अनि चित्त बुझाएँ अहिले रुने होस् या कोही रोए पछि हाँस्ने जो होस् ति सबै को मेरो जस्तै दिन आउला ।
उसले हात हल्लाए गरे जस्तो गरी भन्यो वाइ वाइ,,,
मैले पनि मन नलागी नलागी भने गुड वाइ,
छाती चसक्क भयो, खप्नै नसक्ने गरी को पीडा थियो । 
टाउका मा के के उकुस मुकुस भयो ।
छाती लाइ भने पख पख पीडा अब क्षणीक मात्र हो त्यस पछि सब शान्त हुनेछ,,,,,,,,,,,,,,,,,,,,,,
चुलामा बसाएको दुध उम्लेर जान लागेको थियो, झिक्न यसो हात बढाएको के थिएँ ,
टाउका बाट फुत्त के निस्कीए जस्तो भयो,,,
आँखा अगाडी अन्धकार,,चुक घोप्ट्याए जस्तो,,,दिमाग शून्य चेतना शून्य,,,,शबै शून्य,,,,,,,अन्धकार 
२०७० फाल्गुन सप्तरी


This is the property of the writer. No body can copy any things from here without permission is Gilligan.

No comments:

Post a Comment